
काठमाडौं – असोजमा परेको तीजका लागि भनेर गायक गायिकाले कसरत थालिसकेका छन । केही ढिलो पर्न गएको तीजका लागि तीज गीत भने अब सार्वजनिक हुन थालिसकेका छन । यही बिचमा बबिना भट्टराईको तिज गीत “बालापनको तीज” सार्वजनिक भएको छ ।
सामान्य त बिवाहित नारीको कथा ब्यथा र अबिवाहित नारीको शिव जस्ता पतिको कामना समेटेर तीज गीत बन्ने गरेका छन । तर यो भीडमा यो गीत भने भिन्न देखिएको छ । एक बालिकाको तीज कस्तो होला त ? यसैको जवाफ हो “बालापनको तीज” गीत । भीष्म मणि पौडेलले गीतका शब्द लेखेका छ । संगीत र स्वरको जिम्मा बबिनाले सम्हालेकी छन भने संगीत सम्योजन बलराम समालले गरेका हुन ।
ग्रुप भोकलमा बबिनालाई सुप्रीम, जेसुस, रोशिका, दिपशाल, रितिशा लगायतले साथ दिएका छन । बबिना समेत फिचर्ड भिडियोमा सुप्रीम थापा, भिष्ममणी पोखरेल, धना पाण्डे लगायत फिचर्ड छन । भिडियो निर्देशन तथा कोरियोग्राफी केशब राज भट्टले गरेका छन भने बुद्द थापाले खिचेका हुन । बन्दे प्रसादको सम्पादन रहेको भिडियोलाई लिएर बबिना उत्साहित छिन ।