Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

ग्रेस नेपालको विभिन्न सौन्दर्य प्रतियोगिता सम्पन्न

Tuesday, July 11, 2023 Devil Singh Rajput

काठमाडौं : ग्रेस इभेन्टले आयोजना गरेको मिस ग्रेस नेपाल सिजन थ्री र मिस ग्रेस एसईई सिजन फोरको शीर्ष ताज रीतु कार्की तथा चोनिफाई तामाङले जितेका छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै कार्की र तामाङले उपाधि जितेका हुन् ।

युवतीहरुको अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ साइपल एकेडेमीको प्रस्तुतिमा ग्रेस इभेन्टले उक्त प्रतियोगिता आयोजना गरेको हो ।

यस्तै प्रतियोगितामा फष्ट रनरअपमा मनिषा लामिछाने, सेकेण्ड रनरअपमा स्वस्तिका सिग्देल, ब्राण्ड एम्बेसेडरमा प्रशुना भुजेल र फेस अफ ग्रेसमा अनुपा हमाल ठकुरीले ताज जितेका छन् ।

प्रतियोगिताको विधागततर्फ भने मिस ग्रेस नेपालतर्फका विजेता रीतु कार्कीले मिस र्‍याम्पवाक र मिस बेष्ट फिगरको अवार्ड आफ्नो हातमा पार्दा मिस ग्रेस एसईईतर्फकी विजेता चोनिफाई तामाङले मिस बब्ली र मिस एथलेटिकको अवार्डसमेत हात पारिन् । उक्त प्रतियोगिताको फष्ट रनर अप हुन सफल मनिषा लामिछानेले मिस क्रियटिभ र मिस मल्टिमिडियाको अवार्ड पनि हात पारिन् ।

त्यस्तै स्वस्तिका सिग्देलले सेकेण्ड रनरअपको उपाधिसँगै विधागततर्फको मिस पङ्चुवालिटी पपुलर र भ्युअर्स च्वाइसको अवार्ड जितिन् । ब्राण्ड एम्बेसेडर ताज सँगै प्रशुना भुजेलले मिस ट्यालेण्ट र मिस स्टाइल डेभाको अवार्ड जितिन् । यस्तै फेस अफ ग्रेससमेत भएकी अनुपा हमाल ठकुरी मिस ग्ल्यामरस लुकको अवार्ड जित्न सफल भइन् ।

समाजसेवी तथा ग्रेस इभेन्टका महासचिव पवन कोइराला, फेसन प्रशिक्षक जेनी लगुन तथा व्यावसायिक श्रृंगारकर्ता टेकराज पाण्डेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईको प्रमुख आतिथ्यता र चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको प्रायोजन स्वीट माला, प्रि डेष्टिनी एजुकेशन कन्सल्टेन्सी, सुकुटे एड्भेन्चर रिसोर्ट, र्‍याफ्टिङ स्टार, क्यपिड फोटो स्टुडियोऽ प्रोजेक्टाइल क्रियशन, द शट स्टेशन, फुर्लिमा फाउण्डेशन, द एभरेष्ट फ्लावर हाउसलगायतले गरेका थिए ।

प्रतियोगितामा सीमा बिष्ट, श्वेता मल्ल ठकुरी, बसन्त रुपाखेती, रवि लामा, नारायण बहादुर थापा, सुश्मिता श्रेष्ठ, सेरप शेर्पा, प्रनिश मान सिंह अघिकारी, युशा मगर, मुस्कान नेवार, जेनिका धिमाल अतिथिका रुपमा रहेका थिए ।
कलाकारहरु सपन श्रेष्ठ, प्रिन्स राज, बिज्जु लिम्बु, मायुल दुलाल र वर्षा अघिकारीको गायन तथा नृत्यको आकर्षक प्रस्तुतिले कार्यक्रमको रौनक अझ बढाएको थियो ।

प्रतिस्पर्धामा भाग लिनु पूर्व प्रतियोगीहरुलाई कोरियोग्राफर सुशान्त काजी श्रेष्ठले करिब एक महिना तालिम दिएर आफ्नै कोरियोग्राफीमा र्‍याम्पमा उतारेका थिए भने श्दिवस राज भट्टराई र ऋतिका शाहले कार्यक्रम व्यवस्थापकको जिम्मेवारी निभाएका थिए । कार्यक्रममा आयोजकतर्फ ग्रेस इभेन्टका अघ्यक्ष शिसिर टण्डन, सञ्चालक समितिका बिन्द्र प्रजापति, बागमती प्रदेश संयोजक धर्म राज पनेरु, क्रियात्मक प्रमुख सौरभ मल्ल ठकुरी तथा अनिश कार्की, सरला राई, प्रिती तामाङको उपस्थिति रहेको थियो । रोविन तामाङ तथा सुदिक्षा तामाङद्वारा उद्घोषित सो कार्यक्रम व्यवस्थापनको जिम्मेवारी भने ग्रेस इभेन्टका सिईओ सुरज थापाले गरेका थिए ।

उपाधिसँगै विजेताहरुले विभिन्न उपहासमेत प्राप्त गरे भने उपाधि विजेताहरुलाई कार्यक्रमका विशिष्ट अतिथि, निर्णायक, आयोजक संस्थाका प्रमुख एवम् अतिथिहरुले पुरस्कृत गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भट्टराईले यस्ता सौन्दर्य प्रतियोगिताले प्रतियोगीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने धारणा व्यक्त गर्दै देशका भोलिका कर्णधारलाई प्रोत्साहन मिल्ने खालका यस्ता कार्यक्रमहरुमा सरिक गराउन अभिभावकहरुलाई आग्रहसमेत गरे ।

त्यस्तै आयोजक संस्थाका तर्फबाट सिईओ थापाले प्रतियोगीहरुको क्षमता र गुणको अभिवृद्धि गरी प्रतिस्पर्धी बनाई मनको सुन्दरतालाई प्रष्फुटन गर्न यस्ता किसिमका कार्यक्रमले मद्दत पुग्ने बताए ।