Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

नेपालमा मात्रै हैन विश्वभर प्रदर्शन हुने कपिमा सच्याईनु पर्यो आदिपुरुष : अध्यक्ष निरौला

Friday, June 16, 2023 National Power


काठमाडौं– आज शुक्रवारदेखि प्रदर्शनमा आएका दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले नेपालमा भने विवादित बनेको छ । विवादकै बीच यो फिल्म नेपालमा पनि प्रदर्शन भैसकेको छ । वास्तवमा बिहिबार फिल्मको सेन्सर गर्ने क्रममा सेन्सर बोर्डका सदस्यहरुले सीताको भूमिकामा प्रस्तुत भएकी अभिनेत्री कृति सेननले बोलेको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनायो । उक्त संवाद नसच्याए सेन्सर पास नगर्ने निर्णय सुनायो । फलस्वरुप बिहिबार राति नै भारतबाट संवाद सच्चिएको फिल्म आएपछि बोर्डले सेन्सर पास भएको प्रमाणपत्र दियो । त्यसबीचमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले उक्त संवाद नेपालमा आउने प्रिन्टमा मात्र होइन भारतमै प्रदर्शन हुने प्रिन्टमा समेत नसच्याए तीन दिनपछि काठमाडौंमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन नै हुन नदिने घोषणा गरे ।

यसैविच चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पनि सामाजिक सञ्जालमार्फत उक्त संवादप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन “आदिपुरुष’ लाई हामीले चर्को विरोध गरेका छौँ । नेपाली कला– संस्कृतिमाथि भारतको अतिक्रमण अहिलेमात्रै होइन, २०४५ सालदेखि लागेको छ । भारतको हेपाहा प्रवृत्ति वर्षौँ–वर्षदेखि सहँदै आएका छौँ । भारतले कहिले बुद्धको विषयमा फण्डा निकालिरहेको हुन्छ । कहिले नक्साको विषय त कहिले सीताको विषयमा आइरहेको छ । उक्त फिल्मको विश्वभरी बाँडिएका मूल कपीमा राखिएको संवादप्रति हाम्रो घोर विरोध त छँदैछ, उक्त अंश मेटाउन हाम्रो जोडदार माग छ ।

भारतले बन्दुक हानेर युद्ध जित्नेभन्दा पनि नेपालमा भएका कला–संस्कृति तथा पुरातात्विक तत्त्वलाई मेटाएर राष्ट्रको अस्तित्व मेटाउने अभियानमा लागेको छ । यसमा हाम्रो सरकारका सत्ताधारीहरू केही बोल्न चाहँदैनन् । किनकी उनीहरूलाई सत्ता टिकाउनु पर्नेछ । यसका विरुद्ध हामीले प्रतिवाद तथा विरोध गरेका छौँ ।” लामो समय देखि नेपाली कलासंस्कृतिको जगेर्नाको लागि सक्रियरुपमा लागि रहेका निरौला मेयर वालेन शाहको कदमप्रति खुशी व्यक्त गर्रै भन्दछन् “हामी तपाइको साथमा छौं, हिम्मत ले अघिबढ्नुस”।