Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

भारतको संसद् भवनमा राखिएको नक्साको विरोधमा विद्यार्थीहरूको प्रदर्शन

Thursday, June 1, 2023 National Power

काठमाडौँ – भारतले आफ्नो नवनिर्मित संसद् भवनमा राखेको अखण्ड भारतको नक्साको विरोधमा संयुक्त संगठनले विरोध प्रदर्शन गरेका छन् । भारतले नेपालको भूभागलाई समेत सो नक्सामा समावेश गरेको भन्दै विद्यार्थीहरूले बुधबार विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले नाराबाजी गर्दै भारतको नक्सालाई समेत जलाएका थिए । सामाजिक सञ्जालमा भवनमा राखिएको नक्सा तस्बिर सार्वजनिक भएपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।