Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

अपन स्वर्ग नेपालको बार्षिक उत्सव भव्यताका साथ सम्पन्न

Friday, May 19, 2023 National Power

इनरुवा – अपन स्वर्ग नेपालले आफ्नो बार्षिक उत्सव कार्यक्रम भव्यताका साथ मनाएको छ । बार्षिक उत्सवको आयोजना गरेर विभिन्न विशिष्ठ योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । बार्षिक उत्सव कार्यक्रममा तारा सम्मानबाट साहित्यकार तीन जना विशिष्ठ व्यक्तिहरु सहित साहित्य, कालाकार र मौलिक नृत्य तथा पत्रकारिता क्षेत्रका गरि ५० जनालाई सम्मान गरेको छ ।

कोशी प्रदेशमा रहेर नेपाली साहित्य र कालाकारितामा विषेश योगदान गर्दै आउनुभएका साहित्यकार भरत गुरागाईलाई तारा सम्मानबाट सम्मानित गरेको छ । अपन स्वर्ग नेपालले राष्टिय तारा सम्मानबाट साहित्यकार भरत गुरागाई, मैथिली चलचित्रकर्मी संघका अध्यक्ष सन्तोष सरकार र सुनसरी जिल्ला आदालत नेपाल बार एसोसिएसन इकाईका कोषाध्यक्ष एवम् संस्थाका सल्लाहकार विद्धवान अधिवक्ता पंञ्चदेव मेहतालाई सम्मानित गरेको हो ।
मंगलबार संस्थाको बार्षिक उत्सव कार्यक्रममा ज्येष्ठ नागरिक सम्मानबाट साहित्यकार गोपाल कोइराला (त्यागी), प्रमानन्द मेहता, दरपी पंडित, पूर्व डिआईजी ऐनबीर जङ्ग राणा, सुनरवती मेहता सतिहलाई सम्मान गरेको संस्थका अध्यक्ष झोटन मेहताले बताउनुभयो ।

कलाकार तथा पत्रकार नगरिक समान तर्फ समाजमा विषेश योगदान गर्नु भएका गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव, वर्णमाला दैनिकका राजेन्द्र पोख्रेल, आवर सुनसरीका गणेश यादव, प्रतिक्षण दैनिकका इकबाल अन्सारी, सत्य संसारका सुरेन्द्र कुशवाहा मेहता, ब्लाष्ट टाईम्स दैनिकका अमर काफ्ले सहितलाई सम्मान गरेको आयोजक अपन स्वर्ग नेपालका केन्द्रिय अध्यक्ष गायक झोटन मेहताले जानकारी दिनुभयो ।