Wednesday 30th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

सांसद लक्ष्मी महतो कोइरी निलम्बित : सभामुख घिमिरे

Sunday, May 7, 2023 National Power

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हत्या आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएकोबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उनले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को ३ बमोजिम सांसद कोइरीलाई वैशाख १९ गते निलम्बित गरी सूचना टाँस भएको बारे जानकारी गराए ।

यसअघिको संसद् अधिवेशनको अन्तिम बैठकमा सांसद कोइरी बिरामी भएर बैठकमा आउन नसकेको जानकारी सभामुखले प्रस्तुत गरेपछि एमाले बाहेक दलका सांसदले आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले अर्को अधिवेशनमा यसबारे निर्णय गर्ने प्रतिबद्धता जनाएपछि बैठक सुचारु भएको थियो । निलम्बित सांसद कोइरीमाथि ७ वर्षअघि भएको मधेस आन्दोलनमा सशस्त्र प्रहरी थमन विकको हत्या अभियोग लागेको छ ।