Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

पेन सोसाईटिको दोस्रो अन्तरराष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न

Tuesday, April 25, 2023 Devil Singh Rajput

काठमाडौं ।  नेपाल एशोसियसन फर द स्टडी अफ पेन सोसाईटिको दोस्रो अन्तरराष्ट्रिय  सम्मेलन भव्यताका साथ वैशाख ९ गते शनिवार सम्पन्न भएको छ । कार्यक्रम होटेल यल्लो पेगोडामा सफलतापुर्वक सम्पन्न भएको हो । गोष्ठीको उदघाटन बरिष्ठ एनेस्थेसियोलोजिष्ट प्रा. डा. रोशना अमात्यले गर्नुभएको थियो ।

उक्त गोष्ठीमा प्रख्यात राष्ट्रिय तथा अन्तरराष्ट्रिय पेन फिजिसियनहरुको उल्लेखनिय सहभागीता थियो ।  इन्टिग्रेटेड पेन केयर मुल नारा रहेको उक्त गोष्ठीमा दुखाईको उपचारमा संलग्न विभिन्न विधाका स्वास्थ्यकर्मीको उल्लेखनिय सहभागीता थियो ।  एक दिने यस गोष्ठीमा दुखाई  व्यवस्थापनका विविध बिषयमा १५ वटा कार्यपत्र प्रस्तुत भएको जानकारी सोसाईटिका महसचिव डा. निनादिनी श्रेष्ठले दिनुभयो । साथै सोसाईटिको कार्यसमिति समेत बिस्तार गरिएको महासचिव श्रेष्ठले जानकारी दिनुभएको छ ।