Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

Tuesday, March 28, 2023 National Power

काभ्रेपलान्चोक – बेलायतमा रहेको माइला कान्छा मानवीय सहयोग समुह र नेपाल तरुण दल निवर्तमान केन्द्रिय सदस्य सुधीर बैधको समुहले संयुक्त रुपमा आर्थिक अवस्था कम्जोर भएका बनेपा नगरपालिका वडा ५ मिजार बस्तीमा खाद्यान्न सहयोग गरेको छ । आज बनेपा नगरपालिका वडा नं. ५ निवासी व्यक्तिहरु लाई खाद्यान्न सहयोग गरिएको हो ।


बनेपा इन्द्र शोभा क्लबका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता सामाजिक अभियान्ता हरि थापाको विशेष पहलमा आर्थिक रुपामा विपन्न परिवार लाई खाद्यान्न सहयोग गरिएको थियो ।


बेलायतबाट नेपालमा पटक पटक सामाजिक अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु लाई सहयोग गर्दै आउनु भएको माइला कान्छा मानवीय सहयोग समुहको तर्फबाट पार्बती गुरुङ, माया गुरुङ र सुधीर बैधको समुहले खाद्यान्न सहयोग गर्नु भएको थियो ।


सुधीर बैध, हरि थापा, नेपाल तरुण दल काभ्रे जिल्ला उप-सभापति बिजेन रंजित, नेपाल तरुण दल बनेपा नगर सभापति विवेक बैजुको हात बाट बनेपा ५ मिजार टोल निवासीहरु लाई खाद्यान्न सहयोग गरिएको थियो । आर्थिक अवस्था कम्जोर भएका मानिसहरु लाई खाद्यान्न स्वरुप ५२ प्याकेट चामल हस्तान्तरण गरिएको छ । 

उक्त सहयोग नेपाली कांग्रेस बनेपा ५ वडा सभापति देवराज केसि लगायत अन्य व्यक्तिहरु उपस्थितमा खाद्यान्न सहयोग प्रदान गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रम पछि विशेष सहयोगी हातहरु लाई धन्यवाद दिदै आगामी दिन पनि यस्ता सहयोग कार्यक्रम लाई निरन्तरता दिनको लागि नगर सभापति विवेक बैजुले अनुरोध गर्नु भयो । उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ५ निवासी एक अशक्त, मानसिक सन्तुलन गुमाएको व्यक्ति लाई निवर्तमान केन्द्रिय सदस्य सुधीर बैधले पाँच हजार नगद समेत हस्तान्तरण गर्नु भएको थियो ।