Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली, गैर सदस्यको प्रभाव परेको भन्दै पूर्व अध्यक्षको राजीनामा

Sunday, March 26, 2023 National Power

काठमाडौँ-नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ। नेपाली चलचित्र निर्देशकहरुको छाता संगठनको रुपमा रहेको समाजको १५औं साधारणसभाले समझदारीमा आगामी तीन वर्षका लागि कार्यसमिति तय गरेको हो।

दुई उपाध्यक्षहरुमा सुवासप्रसाद गजुरेल र दिपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सह-कोषाध्यक्षमा राज बस्न्यात, ६ जना सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी र अमृतमान महर्जन चयन भए। सह-सदस्य पदमा भने समझदारी हुन नसकेपछि भएको निर्वाचनबाट सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ निर्वाचित भए ।

सर्वसम्मत कार्यसमिति चयन गर्ने क्रममा विवाद उत्पन्न भएको थियो। लामो विवादबीच कार्यसमिति चयन भएपछि असन्तुष्ट निर्देशकहरुले साधारण सदस्यबाट समेत राजीनामा दिने, कार्यक्रम बहिस्कार गर्ने देखि लिएर बाहिरका व्यक्तिहरुको प्रभाव परेको भन्दै विरोध जनाइरहेका छन्।

सहमतिमा पुग्न सुरुमा रमेश बुढाथोकीलाई अध्यक्ष बनाई अध्यक्षका दावेदार जनकदीपलाई महासचिव बनाउने सहमति भएको थियो। तर, सचिव पदमा विवाद उत्पन्न भएपछि सो सहमति भंग भई मनोनयन दर्ता भएको थियो। मनोनयन दर्ता भएपनि समझदारीको प्रयास गरि कार्यसमिति चुनिएको थियो। उक्त प्रक्रियामा समेत केहि निर्देशकले असन्तुष्ट व्यक्त गरेका हुन्।

चुनावको प्रचारप्रसार गरि उम्मेदवारी दिएका एक निर्देशकले आफुले निर्वाचनमा भाग लिन पाउने संवैधानिक अधिकारलाई संस्था बाहिरको व्यक्तिहरुको प्रभाव र संस्थाकै केहि व्यक्तिहरुको संलग्नतामा खोसिएको बताए। उनले यस्ता प्रवृत्तिले संस्थाको कहिल्यै भलो हुन नसक्ने भन्दै आफु संस्थामा नहुन पनि सक्ने संकेत गरे।

समाजका दुई कार्यकाल नेतृत्व गरेका पूर्व अध्यक्ष निर्देशक केपि पाठकले आफुले समाजको सदस्यता त्यागेको बताएका छन्। सामाजिक सञ्जालमा एक नोट लेख्दै उनले समाजको चुनावी साधारण सभामा गैर सदस्यको प्रभावल, उम्मेदवारलाई जबरजस्ती उम्मेदवारी फिर्ता लिन दवाव, उम्मेदवारको रुवाबासि र महिला सदस्य प्रति गरिएको ब्यवहार देख्दा कुनै दृष्टिले पनि त्यो चलचित्रका क्याप्टेन, सर्जकहरुको चुनाव नदेखिएको र एउटा सदस्य र पूर्व अध्यक्षको नाताले आफ्नो शिर निहुरिएको बताएका छन्।

ठुलोपर्दाबाट