Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोललाई

Wednesday, March 22, 2023 Devil Singh Rajput

काठमाडौं। एभरेष्ट इभेण्टसद्वारा आयोजित मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोल शर्माले जितेकी छिन् । शर्माले शिर्ष उपाधीको ताज पहिरिदा प्रतियोगिता अन्तर्गत एन्जेल मगरले फर्स्ट रनर अप, आरोही बस्नेतले सेकेण्ड रनर अप, समृद्धी छेत्री अर्गनाइजर च्वाइस, सिम्रन परियार ब्राण्ड एम्बासडर र मेघा बिष्टले व्युटि विथ ब्रेनको उपाधी जित्न सफल रहे ।

आयोजकका अनुसार विजेताले २५ हजार नगदसहित एभरेष्ट फिल्म एकेडेमीबाट १ लाख बराबरको छात्रब्रित्ती, नेपाल एअर होटेज एकेडेमीमा १५ हजार बराबरको ट्रेनिङ सुविधा प्राप्त गर्नेछिन् भने फर्स्ट र सेकेण्ड रनर अपले १०/१० हजार, इडिआई ग्लोबल कन्सल्टेन्सीबाट ५० हजार र २५/ २५ हजारको छात्राब्रित्ती प्राप्त गर्नेछन् । साथै, फेसन ई कमर्स शुट, मोडलिङ कन्ट्रयाक्ट, म्युजिक भिडियो र प्रडक्ट शुट र मुख्य विजेताले कम्बोडियामा हुन गईरहेको मिस टिन इन्टरनेशनल अन्तरराष्ट्रिय मंचमा प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक संस्थाका सिईओ कृष्ण श्रेष्ठ ( रो बेन) ले बताए ।

सुगन्धा अधिकारी र आर्शु महर्जनको कोरियोग्राफीमा भएको प्रतियोगितामा अनिश श्रेष्ठले फोटोग्राफी र रोजिन शाक्यले प्रोग्राम होस्ट गरेका थिए । कार्यक्रममा दिक्पाल कार्की, बिना श्रेष्ठ, दिपक घिमिरे, इरिना श्रेष्ठ, हटि नटि श्रेष्ठ र अन्जिता कार्की प्रसाईले जर्जको भूमिका निभाएका थिए ।

कार्यक्रम सिंगापुर बेभरेज नेपाल, फ्रुट जेम्स जुस यो बोबा, बबल टि किटको प्रायोजनमा भएको थियो ।