Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

तारकेश्वर कला प्रतिष्ठानद्धारा कलाकर्मी सम्मानित

Friday, February 17, 2023 National Power

 

काठमाडौं – तारकेश्वर कला प्रतिष्ठान तथा ब्राण्ड यू पिक्चर्स प्रा।लि।को आयोजनामा हाँस्य सिरियल ‘अब जे होला होला’ को सफलता पुर्वक ५१ औं भाग पुरा गरि ५२ औं भाग प्रवेश गरेको अवसरमा आयोजित ‘तारकेश्वर राष्ट्रिय व्यक्तित्व तथा कलाकार सर्जक सम्मान कार्यक्रम २०७९’ मा कलाकर्मी, पत्रकार लगायतका ब्यक्तित्वहरु सम्मानित भएका छन् । सम्माननिय उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष उत्तम केसीले गर्नु भएको थियो ।

कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी, भवन चन्द, वसुन्धरा भुसाल, चैतन्य देवि, लय संग्रौला, मोहन निरौला, मुकुन्द मैनाली, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष नवल खड्का, प्रबिधिक संघका अध्यक्ष पुष्कर लामा, शिखर नेपालका अध्यक्ष शेखर खनाल, चलचित्र निर्देशक शोभित वस्नेत, रामकाजी घिमिरे, माधव राज खरेल, निरेन श्रेष्ठ, पत्रकार सानुकाजी श्रेष्ठ, कृष्ण भुसाल, कुवेर गीरी, गीता अधिकारी, दिपज्योति थापा, चर्चित ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ, पेम शर्मा पौडेल, लगायतका ब्यक्तित्वहरु सम्मानित भएका थिए । ग्लोवल टिभिबाट प्रसारण हुदै आएको सिरियल ‘अब जे होला होला’का कथा, परिकल्पना उत्तम के.सी हुन् भने निर्देशन उत्सव के.सी.को रहेको छ ।