Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

‘पछ्यौरीको फर्को’मा देखिए संजित र कंचन (भिडियो सहित)

Monday, February 13, 2023 National Power

काठमाडौँ –चकलेटी नायकको उपमा पाएका मोडल तथा नायक संजित भण्डारीको मुख्य अभिनय रहेको भिडियो ‘पछ्यौरीको फर्को’ सार्वजनिक भएको छ । भिडियोमा संजितको साथमा नायिका कंचन चालिसे लगायत कलाकारहरुलाई पनि देख्न सकिन्छ । थुप्रै चलचित्र तथा म्युजिक भिडियोहरुमा अभिनय क्षमता देखाई सकेका नायक भण्डारीको चलचित्र आँधी तुफान २ देश भरका हलहरुमा प्रदर्शनमा रहेको छ भने संजित र कन्चनद्धारा अभिनित चलचित्र  चिट्ठीको पनि पोष्ट प्रोडक्सन अन्तिम चरणमा रहेको छ ।

यसका साथै नायक भण्डारीले नेपालमा एकै चलचित्रबाट अभिनयमा सर्वाधिक अवार्ड जित्ने नायकको रूपमा समेत उनले परिचय स्थापित गरेका छन । गीतमा राज केसी र जेसिका केसीको स्वररहेको छ भने सनिश परियारको शब्द संगीतमा तयार गीत रमेश सुवेलीले कम्पोज गरेका हुन । गीतलाई अर्जुन थापाले एरेन्ज गरेका छन् भने मन बहादुर बरालले मिक्सिङ गरेका हुन् ।

कुवेर तामाङको निर्देशनमा बनेको म्यूजिक भिडियोमा ह्यारी महर्जन र दिपशन डंगोलको छायांकन रहेको भिडियोलाई संजय अधिकारीले सम्पादन गरेका छन । भिजन नेपाल फिल्मसमा पोष्ट प्रडक्सन गरिएको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ ।