Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नौलेक फाउण्डेशन द्धारा २ जना शिक्षकको भव्य बिदाई  

Tuesday, February 7, 2023 National Power

काठमाण्डौ- नौलेक फाउण्डेशनद्धारा संचालित दुई जना शिक्षकलाई बिदाई तथा फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गरिएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं.१ स्थित पैयाँ गाउँपालिकामा विगत ४२ वर्ष देखी सुरुवात गरिएको विद्यालय नौलेक प्राथमिक विद्यालयका दुई शिक्षक कान्डि शेर्पा र जाङबु शेर्पालाई ससम्मान बिदाई गरिएको छ ।

नौलेक फाउण्डेशनको अधिक सहयोगमा सो विद्यालयमा विगत १० वर्ष देखी शिक्षक पेसामा रहदै आउनु भएका दुई शिक्षकलाई गाउँपालिका वडा नं.१ का अध्यक्ष तथा फाउण्डेशनका प्रतिनिधि फुनुरु शेर्पाले जनही ६-६ लाख रुपैया सहित बिदाई गर्नुका साथै अर्को शिक्षक पेशल मगरलाई पनि सम्मान गर्नु भएको थियो ।

नौलेक प्राथमिक विद्यालय सन १९८० मा स्विस नागरिकहरुको सहयोगमा चित्रा बोरा द्धारा निर्माण गरिएको टहराबाट संचालित विद्यालय हो । गाउँमा विद्यालय नहुँदा र साधारण लेखपढ गर्न नजान्ने अवस्था हुँदा कोही कसैलाई चिठ्ठी पत्र पठाउन तथा चिठ्ठी पत्र पढ्न अन्य गाउँमा जानु पर्ने अवस्था देखेर स्व.आङ ग्याल्जेश शेर्पाले विदेशी नागरिकहरुलाई बिन्ती गरी संचालनमा ल्याईएका विद्यालय हो सो विद्यालयमा अध्यनरत र सरकारी विद्यालयमा अध्यनरत २०० जना भन्दा बढीलाई शैक्षिक रुपमा सहयोग गर्नु भएको छ ।

लामो समय देखी निरन्तर रुपमा यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य, शिक्षा, पिउने पानी, बिजुली जस्ता अतिनै महत्वपूर्ण बस्तुहरुको लागि निरन्तर सहयोग गरिरहने समेत बताउनु हुन्छ समाजसेवी तथा खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं.१ का अध्यक्ष फुनुरु शेर्पा । अध्यक्ष शेर्पाकै पहलमा विभिन्न बिकासका योजना लगायत दर्जनौ उत्कृष्ट सिपमुलक तालिमहरु समेत गराउनु भएको छ । यस पालिकाको निर्वाचित अध्यक्ष हुनु पूर्व समाज सेवामा तल्लिन फुनुरु शेर्पाले कोभिडको समयमा औषधी तथा स्थानियबासीन्दाहरुलाई विभिन्न स्थानमा लगेर कोभिडको खोप उपलब्ध गराउनु भएको थियो, प्रस्वब पिडामा भएका महिलाहरुलाई पटक-पटक हेलिकप्टरद्धारा उद्धार गरी उपचार गराउन लैजाने जस्ता अति महत्वपूर्ण कार्य गरी समाजमा आफ्नो दायित्व पुरा गर्नु भएको छ ।

नौलेक प्राथमिक विद्यालयका शिक्षकहरुलाई सम्मानका साथ विदाई तथा निश्चित रकम सहयोग प्राप्त गर्दा भावविहल समेत भएका थिए । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको पहिलो लाईसेन्स प्राप्त शिक्षक जाङबु शेर्पा नौलेक प्राथमिक विद्यालयमा रहदा र नौलेक फाउण्डेशनकर्ता स्थायी शिक्षक,विद्यार्थीहरुको उज्जवल भविष्‍यको लागि अहोरात्र खटेकोले फाउण्डेशन प्रतिनिधिले आभार व्यक्त गर्नु भयो ।

शिक्षाको ज्वोती छर्नको लागि एउटा चित्राको टहराबाट शुरु गरी आज पक्की भवन निर्माण गर्न ४२ औ वर्ष सम्म पुर्‍याउनु हुने स्व.आङ ग्याल्जेन शेर्पा प्रति सम्मान र सो विद्यालयको शैक्षिक र गुणस्तरिय शिक्षा, स्वास्थ्य, बिजुली, पिउने पानी र सम्पूर्ण विकासको लागि खटिरहनु हुने समाजसेवी खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं.१ का अध्यक्ष फुनुरु शेर्पा एक समाजका उदारणीय पात्र हुन्।