Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

मिलाप सम्पादक भुसाल सम्मानित

Monday, February 6, 2023 National Power

काठमाडौं -पत्रकार कृष्ण भुसाललाई आनन्देव भट्ट स्मृति साहित्यिक पत्रकारिता पुरस्कार तथा सम्मान अर्पण गरिएको छ । विशिष्ट साहित्यकार आनन्ददेव भट्टको स्मृतिमा प्रा.डा. अर्जुनदेव भट्टले स्थापना गर्नुभएको पन्ध्र हजार रुपैयाँ राशीको सो पुरस्कार भुसाललाई प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित विशेष समारोहमा प्रदान गरिएको हो । मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौंको सम्मान तथा पुरस्कार छनौट समितिले भुसालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

भुसालले विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त पुरस्कार र सम्मान अर्पण गरिएको हो । भुसालले विगत १३ वर्षदेखि मिलाप मासिकको प्रकाशक र प्रधान सम्पादक रहेर कार्य गर्दै आउनुभएको छ भने विगत दुई वर्षदेखि हिमालय टाइम्सको उप सम्पादक रहेर कार्य सम्पादन गर्दै आउनुभएको छ ।

उहाँले एक दर्जन भन्दा बढी निवन्ध, कथा, उपन्यास, कविता जस्ता कृतिको सम्पादन पनि गर्नुभएको छ । साहित्यकार तथा पूर्वमुख्यसचिव विमल कोइरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा विभिन्न विधाका अन्य १५ जना व्यक्तित्वलाई पनि सम्मान तथा पुरस्कार अर्पण गरिएको थियो ।