Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

नेशनल डिजाईनर रनवे २०२३ को उपाधी बिप्लव राज नाग नहरलाई

Monday, February 6, 2023 Devil Singh Rajput

काठमाडौं । फेसन डिजाईनहरुको प्रतिस्पर्धात्मक प्रतियोगिता नेशनल डिजाईनर रनवे २०२३ को उपाधी बिप्लव राज नाग नहरले जितेका छन् । शुक्रबार जमल स्थित राष्ट्रिय नाच घरमा आयोजित प्रतियोगितामा फेशन डिजाईनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्याम्पमा उत्रिएर गरेको प्रस्तुतीका आधारमा उनलाई विजेता घोषणा गरिएको हो । नाग नहरले शिर्ष उपाधी हात पार्दा सावित्री देवी राईले फस्र्ट रनर अप र सरला डंगोलले सेकेण्ड रनर अप र बर्षा पन्तले मस्ट पपुलरको
खिताप जित्न सफल रहे ।

उपाधी विजेताहरुलाई निर्णायक मण्डलका सदस्यहरु निशा श्रेष्ठ, रश्मी तण्डुकार। रजनी तुलाधर, शुशिला वन्त, दिपक घिमिरे र आयोजक कम्पनी मोडल सङस नेपालका सिईओ डेभिल सिंह राजपुतले पुरस्कृत गरेका थिए ।

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन उक्त प्रतियोगितामा स्वस्ति दंगालले कार्यक्रम निर्देशक र परमानन्द चौधरी एवम् सोमराज बाँस्तोलाले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए।