Tuesday 24th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

Saturday, January 21, 2023 National Power

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विविध जाति र उनीहरुको भाषा, संस्कृति, गीत, सङ्गीतको एकता नै नेपाली सङ्गीतको राष्ट्रिय स्वरुप भएको बताएकी छिन् । शुक्रवार राष्ट्रपति निवास शितल निवासमा आयाजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली समाजको विविधतालाई लोक संस्कृति, गीत र सङ्गीतले एक ढिक्का बनाउन सघाएको धारणा व्यक्त गरिन् । ‘नेपालको भौगोलिक विविधताको प्रतिनिधित्व स्वरुप बसोबास गर्ने जातिका आफ्नै मौलिक भाषा, संस्कृति, गीत र सङ्गीत रहेको छ’ उनले भनिन्- ‘नेपाली मौलिक गीत सङ्गीतको जगपुस्ताका रुपमा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठ अग्रणी रहनु भएको छ ।’

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिनन् । उक्त अवसरमा मनबहादुर मुखिया, दीप तुलाधर, दीपा नारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०७८’ प्रदान गरिएको थियो । एकनारायण भण्डारी, कालीप्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७८’ प्रदान गरियो ।

उक्त समारोहमा  झण्डै तिन दशकम देखीको अविराम सांगितीक यात्रा तयगरेका गायक तथा संगीतकार कन्हैयासिंह परियारलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०७८’ प्रदान गरिएको छ । सम्मान ग्रहण गर्दै गर्दा परियारले दिवंगत भइसकेका आफ्ना मातापितालाई सम्झदै उक्त सम्मानलाई स्वर्गीय बुबा गोपालसिंह परियार र आमा टिकामाई देवी प्रति समर्पण गरेका छन् । साथै संगीत क्षेत्रको विशिष्ठ मानिने नातीकाजि सम्मान तथा पुरस्कार कमिटि प्रति समेत हार्दिक आभार समेत प्रकट गरेका छन् ।

समारोहमा देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८’ प्रदान गरियो भने कार्यक्रममा सङ्गीत गुरु चन्दनकुमार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७८’, लोक गायिका देवी घर्तीलाई ‘नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ र रविन कार्कीढलीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार’ दिइयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार निवासमा आयजित एक कार्यक्रममा नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार पञ्दान गरेकी छिन् । समारोहमा पत्रकार कुबेर गिरी तथा डब्बु क्षेत्रीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार दिइयो । कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको रहेको चर्चा गरे ।