Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

मलेसियाको बातुपहाड,जोहोर र केएलमा चाईनिज नयाँ बर्षमा रिमिक्स धमाका हुदै

Thursday, January 19, 2023 Devil Singh Rajput

चर्चित कलाकारहरूको उत्कृस्ट प्रस्तुती रहने क्वालालम्पुर,अंग्रेजी नयाँ बर्ष र मलेसियामा परेको चाइनिज नयाँ बर्ष (चाइनिज न्यु इयर) को अवसरमा सार्वजनिक विदाको सदुपयोग गर्दै ‘रिमिक्स धमाका-१४’ सांगीतिक कार्यक्रम मलेसियामा भब्य रुपमा आयोजना हुने भएको छ । जिरो माइलको प्रमुख आयोजनामा ‘रिमिक्स धमाका’ कार्यक्रम जनवरी २२ तारिख आइतबार , २३ तारिख सोमबार र २४ तारिख मंगलबारको दिन मलेसियाको विभिन्न मुख्य-मुख्य शहरहरुमा आयोजना हुन गैइरहेको कार्यक्रमका संयोजक राजेश श्रेष्ठले बताए ।

रिमिक्स धमाका मलेसियामा हरेक बर्ष आयोजना हुँदै आएको मनोरन्जनात्मक कार्यक्रम हो, जसमा नेपालबाट विभिन्न क्षेत्रका ख्यातिप्राप्त नेपाली कलाकारहरुको उपस्थिति रहने गर्दछ । यस बर्षको १४ औ संस्करणको रिमिक्स धमाका जनवरी २२ मा बातुपहाडको एसकेजे चाइनिज स्कुलमा, जनवरी २३ मा चेमरल्याङ जेबिको जोहोरमा र जनवरी २४ तारिखमा क्वालालाम्पुरस्थित होटल ग्र्याण्ड कन्टिनेन्टलमा आयोजना हुने संयोजक श्रेष्ठले बताए ।

कार्यक्रममा ख्यातीप्राप्त गायक/गायीकाहरु आनन्द कार्की, खेम सेञ्चुरी ,प्रीति आलेमगर र भ्वाईस अफ किड्सका बिजेता जेनिस उप्रेती तथा डान्सर अन्जली अधिकारी,प्रिती पासवान र विभिन्न १५० भन्दा बढी चराचुरुंगी तथा जनावरहरुको आवाज निकाल्ने कलाकार रमेश दुलाल कागेलगायत कलाकारहरुको धमाकेदार प्रस्तुती रहने संयोजक श्रेष्ठले बताए ।

मलेसियामा रहेका नेपाली श्रमिक तथा विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीहरुलाई मनोरञ्जनसँगै भेटघाट र सुखदुःख साटासाटको अवसर जुटाउन तथा नेपाली कलाकारहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन रिमिक्स धमाका कार्यक्रम गर्दै आएको आयोजक श्रेस्ठले दावी गरे । रिमिक्स धमाका कार्यक्रमको टिकट प्रभु पेमार्फत पनि किन्न सकिने जानकारी दिदै संयोजक श्रेष्ठले मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गरे । साथै यस पटकको रिमिक्स धमाका सांगीतिक कार्यक्रममा इन्टरनेशनल सोसियल अवार्डको कार्यक्रम पनि रहने संयोजक श्रेष्ठले बताए ।

उक्त कार्यक्रम जनवरि २४ मा होटल ग्रान्ड कंटिनेन्टलमा रिमिक्स धमाकासँगै हुनेछ । उक्त कार्यक्रममा लागी नेपाल,युएई,कम्बोडिया लगाएत बिभिन्न देशबाट दर्जनौ अतिथी आउने आयोजकले बताएका छन ।