Tuesday 24th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

राप्रपाका मन्त्रीहरुको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर

Tuesday, January 17, 2023 National Power

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राखेका छन् ।उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राखिएको हो ।
यसअघि मन्त्रीको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको मात्र तस्वीर राख्ने गरिन्थ्यो । तीनवटै मन्त्रालयमा मन्त्री पुग्नुअघि नै कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राख्न आग्रह गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका मन्त्रीहरुले राष्ट्रपति कार्यालयमा शपथ लिएपछि राप्रपाका मन्त्रीहरु पशुपतिनाथको दर्शन गर्न पुगेका थिए । त्यसपछि मात्र उनीहरुले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।