Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

ग्लोवल पिस योङलिडर्समार्फत नेपालमा विभिन्न कार्यक्रमहरु गर्दै ग्लोवल पिस फाउण्डेसन

Tuesday, January 17, 2023 National Power

काठमाण्डौ– फरक पहिचान एवं संस्कृतिसंग आवद्ध भए पनि विश्व शान्ति र समृद्धिको लागि विश्वभर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको ग्लोवल पिस फाउण्डेशन, नेपाल चयाप्टर अन्तर्गत रहेको ग्लोवल पिस योङ लिडर्सले नेपालमा आफ्ना विभिन्न सामाजिक कार्यक्रमहरुलाइ सक्रियरुपमा अगाडी बढाउदै आईरहेकोे छ ।

समाजमा विभिन्न कारणले उत्पन्न भईरहने प्राकृतिक वा मानव सृजित विपत्तिहरुमा आफ्नोे उलेख्य सहभागीता जनाउँदै आएको योङ लिडर्सले आफ्नो सम्पुर्ण कार्यक्रमहरुलाई यतिवेला विषेश गरि युथ लिडर्सहरुको नेतृत्व विकास गर्ने उदेश्यले विभिन्न किसिमका तालिमहरु प्रदान गर्ने कार्य गर्दै आईरहेको छ । ४५० जना भन्दा वढी यूवा तथा बालबालिकाहरुलाई नेतृत्व विकासको तालिम प्रदान गरिसकेको र आर्थिक वर्ष भित्र १००० जना भन्दा वढि यूवाहरुलाई तालिम प्रदान गरिने ग्लोबल पिस योङलिडर्स नेपालकोे अध्यक्ष सपना जोशीले बताईन ।

यूवाहलाई तालिम प्रदान मात्रै हैन योङ लिडर्सले जाडो यामलाई लक्षित गर्दै चिसोवाट बच्नको लागी आम मानिसहरुलाई न्यानो कपडा वितरणको कार्यलाई पनि अघि वढाउँदै आईरहेका छन् । विशेष गरी हिउँदको समयमा हुने अत्याधिक जाडोलाई मध्यनजर गर्दै फाउण्डेशनले विभिन्न आश्रम तथा गरिव तथा विपन्न बस्तीहरुमा न्यायो कपडाहरुको वितरण कार्यलाई अघि वढाएको छ ।

योङ लिडर्सले गतसाता बालसारथी बालआश्रममा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको थियो । त्यस्तै पवित्र सेवा समाज लगायत विभिन्न आश्रमहरुमा ग्लोबल पिस योङ्लिडर्सका सदस्यहरुले न्यानो कपडा वितरण गरेका छन् । स्थापना काल देखिनै समाज तथा युवा केन्द्रित रहदै आएको यस फाउण्डेसनले मेला–महोत्स, चाडपर्व र उत्सवहरुमा पनि योङ लिडर्सका तर्फवाट आफ्ना सदस्यहरुलाई स्वयम् सेवकको रुपमा पठाउँदै आएको अध्यक्ष जोशीले वताईन ।

यूवाहरुमा सकारात्मक उर्जाको विकास गर्नको लागी यस्ता किसिमका सामाजिक कार्यक्रम तथा विभिन्न अभिमुखिकरण तालिमहरुले पनि मद्धत पुग्ने गरेको पाईन्छ । यसर्थ ग्लोवल पिस योङलिडर्ससंग आवद्ध यूवाहरुको कार्य पक्कै पनि सह््रानिय रहको छ । र यस्ता कार्यहरुmलाई सरोकारवाला निकायहरुले पनि प्राथमितामा राख्नुपर्ने देखिन्छ ।