Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

चैत्र ४ गते कलाकार संघको अधिवेशन हुने, निरौलाले अध्यक्षमा उम्मेदवारी दिने

Thursday, January 5, 2023 National Power

काठमाडौ- नेपाल चलचित्र कलाकार संघले आगामी चैत्र ४ गते १९ औँ अधिवेशन तथा कार्यसमितिको निर्वाचन गर्ने भएको छ । बुधबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्य समितिको पदावधी समाप्त भएकोले सोहि दिन निर्वाचन गर्ने तय गरेको जारी प्रेस विज्ञप्तीमा जनाईएको छ |

वि.सं. २०४५ भदौ २३ गते स्थापित संघको यसअघि २०७६ जेठ २५ गते भएको कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा रविन्द्र खड्का चुनिएका थिए । यसपटकको निर्वाचनमा संघको स्थापनाकालदेखि विभिन्न पदमा सक्रिय रहेका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा रहेको छ । अन्य आकांक्षीहरु भने हालसम्म देखिएका छैनन् ।