Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको अधिवेशन बाट सभापतिमा राज कुमार हुमागाई निर्बिरोध निर्वाचित

Wednesday, January 4, 2023 National Power

काभ्रेपलान्चोक – बुधबार सम्पन्न नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको अधिवेशन बाट सभापतिमा राज कुमार हुमागाई निर्बिरोध निर्वाचित हुनु भएको छ । 

यसैगरी उपशाखाको उपसभापतिमा सुबिना सिग्देल र सचीवमा मोहन प्रसाद हुमागाई, कोषाध्यक्षमा राम भक्त हुमागाई, उप-सचीवमा उदय प्रकाश गिरी, सह-कोषाध्यक्षमा राजेन्द्र प्रसाद सिग्देल निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यमा सपना हुमागाई, रामचन्द्र होमेगाई, राम कृष्ण हुमागाई, प्रदिप प्रसाद हुमागाई, श्री राम हुमागाई चयन हुनुभएको छ । निर्वाचनमा काभ्रे उपशाखा अन्तर्गत ११ ले नवनिर्वाचित कार्यसमितिमा प्रतिनिधित्व गरेका छन् । 

नवनिर्वाचित शाखा सभापति राज कुमार हुमागाईले भन्नुभयो, “हामी रेडक्रसको आदर्श, सिद्धान्त र मूल्य–मान्यताअनुसार सामूहिक नेतृत्वमा नेरेसो काभ्रे उपशाखालाई लैजान चाहन्छौँ । उपशाखाले पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारलाई सहजीकरण गरेको जानकारी दिनु भयो । सहरी विपद् जोखिम न्यूनीकरण, रक्तसञ्चार सेवा, प्राथमिक उपचार सेवालगायत मानवीय सेवाका कार्यक्रम काभ्रे उपशाखाले सञ्चालन गरेको बताउनु भयो ।