Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको अधिवेशन बाट सभापतिमा राज कुमार हुमागाई निर्बिरोध निर्वाचित

Wednesday, January 4, 2023 National Power

काभ्रेपलान्चोक – बुधबार सम्पन्न नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको अधिवेशन बाट सभापतिमा राज कुमार हुमागाई निर्बिरोध निर्वाचित हुनु भएको छ । 

यसैगरी उपशाखाको उपसभापतिमा सुबिना सिग्देल र सचीवमा मोहन प्रसाद हुमागाई, कोषाध्यक्षमा राम भक्त हुमागाई, उप-सचीवमा उदय प्रकाश गिरी, सह-कोषाध्यक्षमा राजेन्द्र प्रसाद सिग्देल निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यमा सपना हुमागाई, रामचन्द्र होमेगाई, राम कृष्ण हुमागाई, प्रदिप प्रसाद हुमागाई, श्री राम हुमागाई चयन हुनुभएको छ । निर्वाचनमा काभ्रे उपशाखा अन्तर्गत ११ ले नवनिर्वाचित कार्यसमितिमा प्रतिनिधित्व गरेका छन् । 

नवनिर्वाचित शाखा सभापति राज कुमार हुमागाईले भन्नुभयो, “हामी रेडक्रसको आदर्श, सिद्धान्त र मूल्य–मान्यताअनुसार सामूहिक नेतृत्वमा नेरेसो काभ्रे उपशाखालाई लैजान चाहन्छौँ । उपशाखाले पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारलाई सहजीकरण गरेको जानकारी दिनु भयो । सहरी विपद् जोखिम न्यूनीकरण, रक्तसञ्चार सेवा, प्राथमिक उपचार सेवालगायत मानवीय सेवाका कार्यक्रम काभ्रे उपशाखाले सञ्चालन गरेको बताउनु भयो ।