Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेपाल र भारतबीचकाे सम्बन्धलाई बहु आयामिक र मैत्रीपूर्ण बनाउनु पर्छ:उपराष्ट्रपति पुन

Wednesday, January 4, 2023 National Power

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध आपसीहितका विविध क्षेत्रमा अझै व्यापक र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।शिक्षाप्रेमी महामना मदन मोहन मलवीयको १६१ औँ जन्मजयन्तीको अवसरमा महामना मालवीय मिसन–नेपालले काठमाडौँमा आइतबार आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल र भारतबीच सदियौँ देखि निकै पुरानो सम्बन्ध रहेको र त्यसलाई अझै बहु आयामिक र मैत्रीपूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाल र भारतको सम्बन्ध जनस्तर सम्ममा पनि अत्यन्त प्रगाढ र विशिष्ट प्रकारको रहेको बताउँदै सम्बन्धले थप विकास र थप उचाइ लिने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति पुनले नेपालमा पनि हिन्दू विश्वविद्यालय खोल्ने सन्दर्भमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा हिन्दु विश्वविद्यालय खोल्नका लागि सरकारले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ, सायद यो प्रक्रिया अन्तिममा पुगेको छ, काभ्रे जिल्लामा स्थानीय निकायबाट जग्गा उपलब्ध गराउने प्रक्रिया भई नै सकेको छ, र शिक्षा मन्त्रालयमा यो विषय पुगेको छ, यो विषय मन्त्रिपरिषद्बाट स्वीकृतिमा ढिलाइ भएको खण्डमा मैले आफ्नो ठाउँबाट गर्ने सहयोग गर्नेछु ।”

मदन मोहन मालवीय एक असल शिक्षक, पत्रकार, कानून व्यवसायी, प्रखर वक्ता एवं वार्ताकार तथा राजनेताका रूपमा मित्रराष्ट्र भारतमा मात्रै नभई दक्षिण एसियामा नै चिरपरिचित हुनुहुन्थ्यो ।

उपराष्ट्रपति पुनले मालवीयले समाजका निर्धन, निमुखा र पछिडिएको तप्कालाई पुर्‍याउनुभएको सेवा, समर्पण अविस्मरणीय र प्रेरणादायी रहेको बताउँदै मालवीयले मानव स्वतन्त्रताका लागि दिएको योगदानको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “मालवीय संस्थापक रहेको बनारस हिन्दू विश्वविद्यालयको स्थापनाले भारतीय जनताको चेतना वृद्धिमा मात्रै योगदान पुगेको नभई विश्वकै ज्ञानका आकाङ्क्षी ज्ञान र विविध विधामा शिक्षा प्राप्त गरी व्यक्तिगत रूपमा सक्षम हुँदै राष्ट्र र समाजका लागि केही गर्ने शुभअवसर पाएको कुरालाई हामीले विर्सनु हुँदैन ।”

बनारस हिन्दू विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्दै स्वदेशको सेवा गर्ने नेपालीको सङ्ख्या उल्लेखनीय रहेको चर्चा गर्दै उपराष्ट्रपति पुनले सो विश्वविद्यालय नेपाल भारतबीच मित्रताको विम्ब र कडीका रूपमा स्थापित रहेको बताउनुभयो । उहाँले नेपालको सर्वाङ्गीण विकासमा वनारस हिन्दू विश्वविद्यालयले प्रत्यक्ष, अप्रत्यक्षरूपमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

महामना मालवीय मिसन–नेपालका अध्यक्ष योगाचार्य जी.एन.सरस्वतीले नेपालमा हिन्दू विश्वविद्यालय स्थापनाका निम्ति पहल गरिदिन आग्रह गर्नुभयो । कार्यक्रममा साहित्यकार तथा समाजसेवी पुष्पप्रसाद लुइँटेल, ईश्वरचन्द्र शर्मा र श्यामप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमा नेपालका लागि भारतीय उप–राजदूत प्रसन्न श्रीवस्तावको पनि सभागिता रहेको थियो ।