काठमाडौँ — पुस १८, २०७९।
चौथो संस्करणको ‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ मा ‘बेस्ट अर्गनाईजर’ विधाको अवार्ड एभरेस्ट इभेन्ट्सका सिईओ कृष्ण श्रेष्ठले जितेका छन। श्रेष्ठले ‘बेस्ट अर्गनाईजर’को अवार्डसंगै उनी आवद्द रहेको ईभेन्ट कम्पनी एभरेस्ट इभेन्ट्सले ‘बेस्ट इभेन्ट कम्पनी’ को अवार्ड जित्न सफल रह्यो।
एवरेस्ट ईभेन्टसले सन् २०२२ मा ‘मिस्टर एन्ड मिस एसईई सुपर मोडल, किड्स सुपर मोडल, मिस्टर एन्ड मिस टीन सुपर मोडल, मिस्टर एन्ड मिस मोडल अफ दे ईयर, किड्स मोडल अफ दी ईयर, नेपाल किड्स टप मोडल’ लगायतका चर्चित सौन्दर्य प्रतियोगिताहरु संचालन गरी भव्य रुपमा सम्पन्न गरेको थियो।
त्यसैगरी एभरेस्ट ईभेन्ट्सकै अफिसियल कोरियोग्राफरद्वय आर्शु महर्जनले ‘बेस्ट कोरियोग्राफर-पुरुष’ र सुगन्धा अधिकारीले ‘बेस्ट कोरियोग्राफर-महिला’ तर्फको अवार्ड आफ्नो हातमा पार्न सफल रहे।
अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा काठमाडौंको हायात प्लेस होटलमा फिल्म, मोडलिङ तथा फेशन क्षेत्रका विभिन्न सेलीब्रेटीहरुलाई
उक्त समारोहमा यस पटक मोडलिङ तर्फ ४० विधा, फेशन तर्फ ४० विधा र अन्य २३ विविध विधामा सम्मान प्रदान गरिएको थियो । अवार्ड समारोहमा अग्रज मोडल तथा कोरियोग्राफरलाई उनीहरुको योगदानको कदर गर्दै अनर अवार्डबाट सम्मानित गरिएको आयोजक दिक्पाल कार्कीले जनाएका छन ।