Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

समाजसेवामा लागेका राजन थापा लाई सम्मान

Sunday, January 1, 2023 National Power

काभ्रेपलान्चोक – साहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ सम्पन्न भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच सम्पन्न भएको हो । उक्त कार्यक्रममा चर्चित समाजसेवी तथा सञ्चारकर्मी राजन थापा लाई विशेष सम्मान प्रदान गरिएको छ ।

भुकम्प होस् या लकडाउन अहोरात्र जनताको सेवामा लाग्नु भएको थापा पावर न्युज मासिक पत्रीका तथा नेशनल पावर न्युज डट कमका ब्यवस्थापक समेत रहेका छन् । चौथो साहारा एप सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान र अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिएको थियो ।

आज भोलि पनि दिन रात दिन दुखीहरुको सहयोगको लागि थापा काठमाडौं लगायत अन्य जिल्लामा दौडिरहेको देख्न सकिन्छ । सम्मानपत्रमा यस्तो लेखिएको छ बिगत केहि समस्य देखि समाजसेवा मार्फत नेपाली समाजमा रहेका दुखी, गरिबहरुलाई समाजसेवा गरि आउनु भएकोमा समाजको श्रीवृद्धिको लागि समाजसेवाको माध्यमबाट दिनुभएको योगदानको स्मरण गर्दछौं । तपाईंले समाजसेवा मार्फत पुर्याउनु भएको कार्यको उच्च मुल्यांकन गर्दै अर्थ नेपाल प्रा.लिले आयोजना गरेको साहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को यो भव्य समारोहका बिच यहाँलाई सगरमाथा समाजसेवी सम्मान २०७९ बाट सम्मानित गर्दछौं ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण । प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । अवार्ड समारोहमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा १७ हजार ६९६ नगदसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योती विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले उहाँलाई सम्मान प्रदान गर्नुभएको थियो । ज्योती विकास बैंकको प्रस्तुति रहेको कार्यक्रमलाई साहारा एपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो ।