Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

ध्यपुर्वको अध्ययन भर्मणमा साउदी पुगेका नेपाली पत्रकारहरुको टोलिले राजधानी रियादमा नेपाली समुदायसँग गरे अन्तरक्रिया

Thursday, December 8, 2022 Devil Singh Rajput

काठमाडौं–मध्यपुर्वको अध्ययन भर्मणमा साउदी पुगेका नेपाली पत्रकारहरुको टोलिले राजधानी रियादमा नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम गरेका छन ।नेपाली अन्तर संस्था समन्वय समितिको संयोजनमा रियादमा क्रियासिल संघ–संस्थाहरूका प्रतिनिधिसँग साउदी रहेका नेपाली श्रमिकका समस्या र समाधानका विषयमा छलफल गरेका हुन । नेपाली अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेलले साउदीमा नेपाली श्रमिकले धेरै समस्या भोगिरहेको बताँउदै समस्या समाधानमा कठिनाइ रहेको बताए । भौगोलिक रूपमा ठूलो रहेको साउदीमा ४ लाखभन्दा बढी नेपाली कार्यरत छन । ‘यहाँ कुनै ठाउँमा नेपालीलाई समस्या पर्दा तुरुन्तै पुग्न सक्ने अवस्था छैन । अझ कानुनी कठिनाइ पनि उत्तिकै छन्,’ उनले भने ।
नेपाल सरकारले साउदीका लागि न्यूनतम १ हजार तलब र खाना खर्चबापत ३ सय रियाल पारिश्रमिक तोकेतापनि व्यवहारिक रुपमा लागू नभएको अध्यक्ष पौडेलको भनाइ छ । ’नेपाल सरकारले पारिश्रमिक तोकिदिएको त छ तर, यहाँ व्यवहारमा भने लागू भएको पाँइदैन,झ उनी भन्छन्, ‘दुई देशबीच छिट्टै श्रम सम्झौता गरेमात्र यो सम्भव हुन्छ । नेपालको एकपक्षीय अडानले मात्र श्रमिकले भनेअनुसारको पारिश्रमिक पाउने देखिदैन ।’ साउदीमा अलपत्र पर्ने नेपालीको संख्या बढेको बताउँदै उनले वैदेशिक रोजगारीमा हुने विकृति रोक्न नेपालबाट नै कडाइ गर्नुपर्ने बताए ।

‘यहाँ आउने श्रमिकहरु आफ्नो घरदैलोबाटै ठगिएको पाइन्छ ,’ उनले भने, ’यहाँ दैनिक सयौं समस्या आउँछन । संघ–संस्थाले पैसा उठाएर समस्या समाधान गर्न पनि सम्भव हुँदैन । यसरी बिचल्लीमा पर्ने नेपालीको व्यवस्थापनको लागि नेपाल सरकारले नै छुट्टै कोष खडा गर्नुपर्छ ।’ छलफलमा नेपाली संघ–संस्थाका प्रतिनिधिहरुले साउदीमा कार्यरत नेपाली श्रमिकका समस्या उजागर गर्न पहल गरिदिन मिडियाकर्मीलाई आग्रह गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनए साउदीका उपाध्यक्ष एबं ग्लोबल आइएमई बैंकका मध्यपुर्व प्रमुख राम बहादुर क्षेत्रीले नेपालबाट आएका पत्रकारहरुलाई स्वागत गर्दै पत्रकार समाजको ऐना भएकाले साउदी र मध्यपुर्वका वास्तविक समस्या औल्याइदिन आग्रह गरे । उनले बैदेशिक रोजगार रहर नभएर बाध्यता भएको जनाउदै आफुहरुले बिदेशमा दुख गरेर कमाएको पैसा बैंकिंग माध्यमबाट मात्रै पठाउन सबैलाई अनुरोध गरे ।

नेपालबाट गल्फ भ्रमणमा रहेका जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले ,वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष तथा रोजगार मिडियाका सम्पादक उद्वब भट्टराई र प्रवास खबर डटकमका बिनेश खनालले साउदी अरबमा रहेका नेपालीको आवाज उठाउने प्रतिबद्धता जनाए । छलफलमा २ दर्जनभन्दा बढी बिभीन्न संघ सँस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा अन्तर संस्था समन्वय समितिका प्रमुख सल्लाहकार दीपक रेग्मी, अन्तर्राष्ट्रिय झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापा, नेपाली जनप्रगतीशिल मंच पश्चिम एसियाका सदस्य कमल शाही, सँस्थाका महासचिव नागेश तामाङ, युवा सेवा समाज साउदीका अध्यक्ष नवराज थापा, किराँत अयोख्या समाज साउदीका अध्यक्ष विज्ञान राई, वैदेशिक रोजगार श्रमिक समन्वय समितीका प्रतिनिधी अमृत घिसिङ्ग, याक्थुङ्ग चुंगलुङ्ग साउदीका महासचिव एवम् अनटाईम टिभीका पत्रकार राज चेम्जोङ्ग, पिटी अनलाइनका पत्रकार सुन्जित तामाङ, सामाजीक अभियन्ताहरु रोम लामा, याम तमु, मोहन अधिकारी, टंक पाठक, खगेन्द्र बराल, युवराज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।