Wednesday 25th January 2023

    हेटौँडाकी सुस्मिताले न्याय पायकोमा मन्जुश्री असहाय संरक्षण केन्द्र द्वारा दिप प्रज्वलन    दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न    लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सकिन्छ:पूर्व प्रधानमन्त्री नेपाल    गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान

दशौं म्यूजिक खबर म्यूजिक अवार्डको आवेदन खुला

Friday, November 25, 2022 National Power

काठमाडौं – विगत ९ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको १० औं संस्करणको लागि गीतसंगीत सहभागी गराउनका लागि आवेदन खुला गरिएको छ । ‘कल्चर फर टुरिजम’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन राजधानी लगायत अन्य प्रदेशमा पनि अवार्ड आयोजना गर्दै आएको छ ।

शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले प्रस्तुत गर्दै आएको छ । विभिन्न ३५ विधामा आयोजना हुने यस अवार्ड गीतसंगीत क्षेत्रमा विशेष चासोको विषय बन्ने गरेको छ ।

यस अवार्डमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरु समावेश गरिने छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, सम्पादक, कम्पनी लगायतका विविध विधाहरुमा अवार्ड आयोजना गरिने बताइएको छ ।

त्यसैगरी एक जना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान प्रदान गरिँदै आइएको छ । त्यस्तै पछिल्लो दशकमा क्रियाशील रहेका कला साधकलाई दशकको स्रष्टा सम्मान प्रदान गरिँदै आइएको छ भने एक जना युवा प्रतिभालाई म्यूजिक खबर युवा प्रतिभा सम्मान प्रदान गरिँदै आइएको छ । त्यस्तै एकजना वरिष्ठ पत्रकारलाई म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार प्रदान गरिन्छ भने बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिँदै आइएको छ ।