Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

काभ्रे- २ मा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा निर्वाचित

Friday, November 25, 2022 National Power

काभ्रे — काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार गोकुल बाँस्कोटा र सत्ता गठबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईं । तस्बिर सौजन्य स् बद्रीराज तिमल्सेना
बाँस्कोटाले उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलाई ५ हजार ८ सय ६३ मतले पराजित गरेका हुन् । बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गरेका छन् भने हुमागाईंले ३९ हजार ४ सय ८२ मत पाएका छन् ।

हुमागाईंपछि क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं तेस्रो स्थानमा छन् । उनले १० हजार ५ सय ७३ मत पाएका छन् । बाँस्कोटा यसअघिको २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाटै निर्वाचित भएका थिए । नेकपा एमालेका अध्यक्ष केपी ओलीको विश्वासिलो पात्र मानिने बाँस्कोटाले निर्वाचित भएपछि सञ्चार तथा सूचना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । सञ्चारमन्त्री पद सम्हालेकै बेलामा २०७६ मा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी अडियो लिक भएपछि विवादमा मुछिएका थिए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा बाँस्कोटासँग १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जिल्लामा खसेको कुल मत १ लाख ८७ हजार ३ सय ३० मतमध्ये क्षेत्र नम्बर २ मा १ लाख ३ हजार ३ सय ९१ मत खसेको थियो । काभ्रेका कुल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये क्षेत्र नम्बर १ लाख ५७ हजार ४ सय ४२ मतदाता रहेका छन् ।