Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

ताराबहादुर कुँवरले गरे मुलखर्क भिमसेन र पलाञ्चोक भगवतीलाई साक्षी राखेर प्रतिज्ञा पत्र सार्वजनिक

Sunday, October 30, 2022 National Power

काभ्रेपलान्चोक – लौरो चुनाव चिन्ह लिएर काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा २ अन्र्तगत प्रदेश सभा १ का उम्मेदवार ताराबहादुर कुँवरले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै तारा बहादुर कुँवरले भन्नू भयो म निर्वाचित भए पछि मुलखर्क भिमसेन तथा पलाञ्चोक भगवतीलाई साक्षी राखेर कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, भौतिक संरचना निर्माण, पर्यटन, रोजगार, सामाजिक तथा आर्थिक क्षेत्रको विकास गर्ने बताउनु भयो ।

कोशिपारी र वारि लाई जोडेर एउटै बनाउने, तेमाल गाउँपालिका जोडने पुल निर्माण गर्ने बताउनु भयो । कृषिमा सिंचाई, ब्यवसायीक रुपमा तरकारी र फलफुल खेती, कृषि प्रोत्साहन भत्ताको ब्यवस्थापन गरिने कुँवरले प्रतिज्ञापत्रमा उल्लेख गर्नु भएको छ । सबै ठाउँमा अस्पताल निर्माण गरी नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने, निशुल्क स्वास्थ सेवाको ब्यवस्थापन गर्ने उहाँको प्रतिज्ञा पत्रमा उल्लेख छ । साथै यो पटक सामाजिक सेवामा सक्रिय ब्यक्तिलाई विजयी गराउन अनुरोध गर्नु भएको थियो ।

तारा बहादुर कुँवर हेभि इक्युमेन्ट ब्यवसायी पनि हुन् । भुम्लु निवासी कुँवर लामो समय देखि सामाजिक क्षेत्रमा कृयाशिल हुनुहुन्छ। कार्यक्रमको संचालन शेरबहादुर कुँवरले गर्नु भएको थियो ।