Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

नुवाकोट क्षेत्र २ प्रदेश (क) मा विकासप्रेमी नेता रामप्रसाद ढुंगानाको उम्मेदवारी किन ?

Wednesday, October 19, 2022 Devil Singh Rajput

काठमाडौं । माओवादी केन्द्रका नेता रामप्रसाद ढुंगानाले मुलुकको आर्थिक रुपान्तरणको लागि राजनीतिमा सक्रिय छन् । उनी राजनीति एवं विकास गतिविधिहरुमा पनि त्यत्तिकै सक्रिय रहँदै आएका पात्र हुन् । लामो समय देखि राजनीतिक सामाजिक क्षेत्रमा संलग्न रही काम गर्ने क्रममा स्थानीय जनताका समस्याहरुबाट पहिले नै परिचित रहँदै आएको र आफ्नो क्षेत्रको विकासको लागि आफ्नो जिम्मेवारी एवं दायित्वलाई ठूलो अवसरको रुपमा लिई सोहीबमोजिम क्रियाशिल हुने गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि ढुंगानाले नुवाकोट निर्बाचन क्षेत्र २ क को प्रदेशसभा सदस्य लागि उमेदवारी दिएका छन् ।

माओवादी केन्द्र० बागमती प्रदेशका निर्बाचित उपाध्यक्ष समेत रहेका रामप्रसाद ढुंगानाको जिल्लाको समग्र विकासमा राजनीतिमा लागेदेखि नै योगदान दिँदै आएका छन् । पाँच वर्षसम्म जिल्ला प्रतिनिधि रहँदा विकासका काम उल्लेख्य रुपमा सम्पन्न गरेका ढुंगानाले जिल्लामा विभिन्न ठाँउहरुमा १३ सय किलोमिटर बाटो खोल्ने काम उनीप्रतिनिधि रहेकै बेलामा भएको थियो । । २०४८ सालदेखी राप्रपा छोडेर जनमोर्चाको राजनितिमा पदार्पण गर्दै बामपंथी राजनितिमा कृयासिल ढुंगाना जनयुद्धको त्यो कालजयी समयमा माओवादी पार्टीमा निरन्तर लागिरहनु भो ।

नुवाकोटमा माओबादी बिस्तारमा राम प्रसाद ढुंगानाको भुमिका अतुलनीय छ । विकासप्रेमी नेताको रुपमा परिचित छन् । उनी यतिवेला आफ्नो क्षेत्रमा चुनावी प्रचारको तयारीमा व्यस्त छन् ।सो क्षेत्रका जनताले पनि ढुंगानाको उम्मेदवारीलाई लिएर हर्ष व्यक्त गर्ने गरेका छन् । उनले जिल्लामा विकास निर्माणमा जोड दिने, भ्रष्टाचार हुन नदिने र सुशासन कायम गरिने एजेण्डा बोकेका छन् । ०४८ सालदेखी राप्रपा छोडेर जनमोर्चाको राजनितिमा पदार्पण गर्दै बामपंथी राजनितिमा कृयासिल ढुंगाना जनयुद्धको त्यो कालजयी समयमा माओवादी पार्टीमा निरन्तर लागिरहेका छन् ।