Friday 25th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

किड क्वीन-२०२२ को उपाधि १३ वर्षीया इरिना महर्जनलाई

Sunday, October 16, 2022 Devil Singh Rajput

काठमाडौं । चमतीकी १३ वर्षीया इरिना महर्जन बाल सौन्दर्य प्रतियोगिता किड क्वीन नेपाल-२०२२ को उपाधि चुम्न सफल भएकी छन् । रिड मोडल स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले मिस फोटोजेनिक र पब्लिक च्वाइसको उपाधि पनि चुमिन् । जमलस्थित राष्ट्रिय नाचघरमा ९ देखि १४ वर्ष उमेरसम्मका २५ बालिकाले प्रतिस्पर्धा गरेका थिए ।

भक्तपुर सूर्यविनायककी इप्सा प्रजापति फस्ट रनरअप र कालीमाटीकी प्रिस्का पुलामी मगर सेकेन्ड रनरअप घोषित भए । विजेताहरुले क्रमशः २५, १५ र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । सुवा कोजु मिस ट्यालेन्ट, प्राप्ति रेग्मी मिस ट्यालेन्ट फस्ट रनरअप, स्तुति कार्की मिस ट्यालेन्ट सेकेन्ड रनरअप र तस्वीर मिस फोटोजेनिक, मार्था तामाङ मिस क्याटवाक र प्रार्थना बज्राचार्य मिस क्युट घोषित भए ।

कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं पूर्वमिस नेवाः सुनिता डंगोल रहेकी थिइन्  । कार्यक्रमको निर्णायकमा समाजसेवी सुरबहादुर श्रेष्ठ र देवराज डंगोललगायत थिए । उपप्रमुख डंगोलले समाजका लागि यसखाले प्रतियोगिता उपयोगी हुने बताइन् । ‘मैले मिस नेवाः नेपालको टाइटल जितेको १० वर्षसम्म लगातार विभिन्न काम गरें । बल्ल आज आएर मलाई विश्वास गरेर उपमेयर बनाइदिनुभएको छ । त्यसैले आफ्ना बालबालिकासँग भएको प्रतिभा पहिचान गर्नुपर्छ,’ उनले भनिन् ।