Sunday 27th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने

Wednesday, September 28, 2022 National Power

काठमाडौं –  फिल्म ‘नम्बरी सुन’ निर्माण हुने भएको छ । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म राजु गिरीले निर्देशन गर्न लागेका हुन् ।दसैंको अवसर पारेर फिल्मको ‘नम्बरी सुन’ बोलको शिर्ष गीत बुधबार रेकडिङ गरिएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नारायण खातीको शब्द छ ।

गीतमा स्वर शान्तिश्री परियारको दिएकी छन् । करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई फिल्ममा देखाउन लागिएको हो । लमजुङको भुजङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा फिल्मको छायांकन हुने निर्देशक गिरीले बताए ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई हेरेर निर्माण हुने बताइन्छ । फिल्मको कलाकार छानौटको क्रममा छन् ।  फिल्ममा नयाँ तथा पुराना कलाकार पनि रहनेछन् । दसैंपछि कलाकार र प्रविधिसहित फिल्मको मुहूर्त हुने प्रस्तुतकर्ता नारायण खातीले जानकारी दिए ।