Thursday 25th April 2024

    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण    नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक    यूएईमा राष्ट्रिय लोक सांस्कृतिक संघको साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न

ग्रिनल्यान्डमा विनायक अन्नपूर्ण पार्कको मेयर अधिकारीद्वारा उदघाटन,

Tuesday, September 27, 2022 Devil Singh Rajput

टोखा नगरपालिका वार्ड नम्बर ८ ग्रिनल्यान्डमा सोमवार एक कार्यक्रमका साथ विनायक अन्नपूर्ण पुस्प वाटिकाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उदघाटन गरेका छन । स्थानीय टोल सुधार समितीको पहलमा कब्जा गरिएको करिव २ रोपनी सार्वजनिक जग्गामा बनाईएको उक्त पुस्प वाटिकाको उदघाटन गर्दै मेयर अधिकारीले स्थानीय र टोल सुधार समितिलाई धन्यवाद दिए ।उनले विनायक अन्नपूर्ण पुस्प वाटिकालाई नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बाचा पनि गरे । मेयर अधिकारीले टोखा नगरपालिकाका अन्य क्षेत्रमा कब्जा गरिएका सरकारी सम्पत्ती पनि स्थानीय र नगरपालिकाको पहलमा कब्जा गरिने बताए । उनले नगरपालिकाले ३५ दिने सुचना सार्वजनिक गरिसकेको जनाउदै उक्त समयभित्रमा सार्वजनिक जग्गा प्रयोग गरेकालाई छाड्न आग्रह गरे ।

मेयर अधिकारीले नगरपालिकाको सुचनालाई अमान्य गरिएमा बल प्रयोग गरेर पनि अतिक्रमण भएको सार्वजनिक जग्गा सरकारी मातहतमा लिई छाड्ने दाबी गरे । कार्यक्रममा मेयर अधिकारीले नगरपालिकाको प्रत्यक वार्डमा एउटा पुस्पवाटिका बनाउने योजना रहेको जनाउदै स्थानीयसँग सहकार्य गरेर बिकास निर्माणको काम गर्ने आफ्नो योजना रहेको बताए । कार्यक्रममा टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ्गले स्थानीय बासिन्दाको उक्त कार्यको प्रशंशा गर्दै नगरपालिकाले विनायक अन्नपूर्ण पुस्प वाटिकाको लागी जस्तो प्रकारको सहयोग गर्ने बताए । कार्यक्रममा टोखा नगरपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष रमेश खत्रीले उक्त कार्यको प्रशंशा गर्दै मिचिएका सार्वजनिक जग्गा छिट्टै नगरपालिका मातहतमा ल्याइने बताए ।

पुस्प वाटिका उदघाटन कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै सदस्य कबिन्द्र थापाले पार्क निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । उक्त कार्यक्रममा अन्नपूर्ण टोल सुधार समितिका कोषाध्यक्ष राम प्रसाद श्रेस्ठले नगरपालिकाले यस्ता सार्वजनिक जग्गा नियन्त्रणमा लिनुपर्ने बताए भने टोखा नगरपालिका वार्ड नम्बर ८ का वार्ड सदस्य अनुप राईले टोलवासीलाई धन्यवाद ब्यक्त गरे । उक्त कार्यक्रमको सभापती एबं विनायक अन्नपूर्ण पुस्प वाटिकाका अध्यक्ष हरिमाया अधिकारीले पार्क निर्माण गरेर आफ्नो सपना पुरा भएको बताईन । अध्यक्ष अधिकारीले पार्क निर्माणमा अहोरात्र खटिने टोलवासी र सहयोग गर्ने नगरपालिकालाई धन्यवाद ब्यक्त गर्दै यो पार्क आफुहरुले नमुनाको रुपमा निर्माण गरेकाले यसलाई शिक्षाको रुपमा लिदैँ नगरपालिकाले अन्य क्षेत्रका सार्वजनिक जग्गालाई पनि नगरपालिका मातहत ल्याऊनुपर्ने बताईन । कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।