काभ्रेपलान्चोक – संविधान दिवसको अवसरमा नेपाल तरुण दल बनेपा नगर कार्यसमितिले संविधान दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गरेको छ।
संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने दिवसको अवसरमा नेपाल तरुण दल बनेपा नगर कार्यसमितिले चारदोबाटो चोकमा दिप प्रज्वलन गरिएको हो ।
नेपाल तरुण दल बनेपा नगर कार्यसमितिका अध्यक्ष बिजेन रंजितको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बनेपा नगर सभापति महेश कुमार कर्माचार्यको प्रमुख आथित्यता, नेपाल तरुण दलको निवर्तमान केन्द्रिय सदस्य सुधीर बैध लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
तरुण दलले बनेपा चादोबाटोमा दिप प्रज्वलन गरि संविधान दिवस मनाएको अध्यक्ष रंजितले काभ्रे प्रेस लाई जानकारी दिए ।