Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

बनेपामा तरुण दलले दिप प्रज्वलन गरी संविधान दिवस मनायो 

Monday, September 19, 2022 National Power

 काभ्रेपलान्चोक – संविधान दिवसको अवसरमा नेपाल तरुण दल बनेपा नगर कार्यसमितिले संविधान दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गरेको छ।

संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने दिवसको अवसरमा नेपाल तरुण दल बनेपा नगर  कार्यसमितिले चारदोबाटो चोकमा दिप प्रज्वलन गरिएको हो ।

नेपाल तरुण दल बनेपा नगर कार्यसमितिका अध्यक्ष बिजेन रंजितको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बनेपा नगर सभापति महेश कुमार कर्माचार्यको प्रमुख आथित्यता, नेपाल तरुण दलको निवर्तमान केन्द्रिय सदस्य सुधीर बैध लगायतको उपस्थितिमा सम्पन्न भएको थियो । 

तरुण दलले बनेपा चादोबाटोमा दिप प्रज्वलन गरि संविधान दिवस मनाएको अध्यक्ष रंजितले काभ्रे प्रेस लाई जानकारी दिए ।