काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंको नगर प्रहरीलाई परेड खेल्न निर्देशन दिएका छन् । नगर प्रहरी नेपाल प्रहरीभन्दा कमजोर हो भन्ने मान्यता तोड्नकालागि उनले आफ्नो स्तर विकासमा जोड दिन आग्रह गरेका छन् ।
आफ्नो छोटो सम्बोधनमा बालेनले नेपाल प्रहरीबाट केही जनशक्ति नगरप्रहरीमा थप्न खोजिएकोमा सफल नभएको बताए ।उनले भने, ‘तपाईंहरुले आगामी दिनमा फिटनेसदेखि विभिन्न पक्षहरुमा सुधार ल्याएर आफ्नो सवलीकरणमा लाग्नुस् । यसका लागि आवश्यक सहयोग महानगरले गर्न तयार छ ।’
शाहले अनुशासनमा रहेर काम गर्नुहोस । गलत काम गरेर पैसा आर्जन गरेर कहिल्यै सुख हुँदैन भन्ने कुरालाई मनन गर्नुस् । हामी हिन्दू धर्म, बौद्ध धर्म मान्नेहरु पाप र धर्ममा विश्वास गर्छौं । गलत तरिकाले पैसा कमाउम पाप धुरीबाट कराउँछ भन्ने मान्यतालाई मनन गर्नुहोस । त्यस्तै शारीरिक व्यायाम खेल्न पनि सम्पूर्ण नगर प्रहरीलाई उनले निर्देशन दिए।