Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

कीर्तीमानी सङ्गीतकार सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’ सार्वजनिक

Sunday, September 11, 2022 National Power

काठमाडौँ – विश्व कीर्तीमानी सङ्गीतकार सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’ सार्वजनिक भएको छ । थारु समुदायमा वर्षौँसम्म कुप्रथाको रुपमा रहेको कमलरी, त्यसभित्रका दुख, पीडा, किशोरावस्थाका सपना र सफलताका लागि आवश्यक अठोट उपन्यासका मूल विषयवस्तु छन् ।

आज काठमडौँमा आयोजित एक कार्यक्रमका बीच सांसद शान्ता चौधरी, समालोचक डा कृष्णहरि बराल, संविधानविद्, गायक तथा साहित्यकार डा भिमार्जुन आचार्य र नायक राजेश हमाल अनि उपन्यासकार श्रेष्ठले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नुभएको हो ।

विमोचन समारोहमा सांसद चौधरीले कमलरी प्रथाको बारेमा गहिराइमा पुगेर लेखिएको उपन्यासले आफ्नै कथा, विषयवस्तु उठाएको जस्तो लागेको टिप्पणी गर्नुभयो । ‘यो उपन्यासका हरेक पानाहरु पढ्दै जाँदा आफ्नो अतितका दिनहरुमा फर्कन बाध्य भएँ, जुन कुराहरु म बिर्सन कोसिस गरिरहेको हुन्छु ।’ सांसद चौधरीले भन्नुभयो,’सन्तोष श्रेष्ठले हैन कि कोही सन्तोष थारुले लेखेको जस्तो महसुस भयो।’

कार्यक्रमका अरु वक्ताहरुले सङ्गीतकार, गायक, लेखकको रुपमा मात्रै नभएर श्रेष्ठ उपन्यासकारका रुपमा पनि स्थापित हुने भन्दै शुभकामना दिएका थिए । उपन्यासकार श्रेष्ठले सानैदेखि देखेको विकृति, विसङ्गतिलाई उपन्यासमा उतार्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । कोरोना महामारीका कारण भएको बन्दाबन्दीको समयमा उपन्यास लेखेको अनुभव उहाँले सुनाउनुभयो ।