Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

मौलीक तीज गीत छुनुमुनु गर्दै सार्वजनिक

Saturday, August 20, 2022 National Power

काठमाण्डौ – शान्तिप्रियको मौलीक तीज गीत “छुनुमुनु गर्दै “ सार्वजनीक भएको छ । सीसी नेपाल च्यानल बाट गीत सार्वजनीभएको हो । नेपाली मौलीक पर्व तीजको अवसर पारेर गीत सार्वजनीक गरीएको हो । तीजका अवसरमा विकृति स्वरुप धेरै अघिबाट तीज गीतहरु सार्वजनीक गर्ने गरिएपनि आफूले तीजको छेकोमा मात्रै गीत ल्याउने गरेको शान्तिप्रियले बताए ।

“छुनुमुनु गर्दै” तीज गीतको शब्द शान्तिप्रियले लेखेका हुन् । गीतलाई संगीत संयोजन एवं संगीत राकेश सोनीले गरेका छन् । बिन्दु बिसीको आवाजमा तीज गीत आएको छ । प्रिज्म रेकर्डीङमा कमल थापा र गोबिन्द अनेकले रेकर्डीङ गरेको गीतलाई श्यामश्वेत रसाईलीले ध्वनी मुद्रण गरेका हुन् ।

सार्वजनीक गरीएको तीज गीतलाई चल्तीका कोरीयोग्राफर एवं निर्देशक हेरुका लामाले निर्देशन गरेका हुन् । गीतमा अप्सरा पुरी, बर्षा तामाङएवं झरना परीयार फिचरीङ छन् । स्टिलफोटोग्राफी राममणी ढकालले गरेका छन् भने छायांकन, सम्पादन एवं रंग संयोजन बज्र ङ्यासुरले गरेका छन् । एञ्जेलतामाङको नृत्य समूहले गीतमा नृत्य गरेको छ भने बब्लु गुरुङ निर्माण नियन्त्रक हुन् । शर्मीला सुनुवारले श्रृङ्गारको काम गरेकीछिन् । गीतको निर्दिष्टशान्तिप्रियले गरेका हुन् ।

मौलीक तीज गीतको मर्मलाई आत्मसातगर्दै त्यसै अनुसारको भावनमर्नैगरी आफूले भीडीयोलाई सकभर राम्रो बनाउने प्रयास गरेको कोरीयोग्राफर एवं निर्देशक हेरुका लामाले बताए । मौलीकपन त्यही अनुसारको शब्द र तीजको मर्मलाई आत्मसात गर्दै गीत निर्माण गरेको गीतकार शान्तिप्रियले बताए ।