Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

गायक कमल बिसी माल्दाईको आवाजमा  झम्म झम्म साईली बोलको रमाइलो तिज गित सार्वजनिक

Friday, August 19, 2022 National Power

काठमाडौं-यसपालिको तिजमा सबैलाई नचाउने मौलिक झ्याउरे गित लिएर आएका छन गायक कमल बिसि माल्दाई । गायक बिसि र गायिका प्रतिक्षा वाग्लेको आवाजमा  झम्म झम्म साईली बोलको रमाइलो तिज गित सार्वजनिक भएको छ ।

चर्चित सर्जक नेत्र अर्यालको शब्द सृजना र गायक माल्दाईकै लय सृजनामा रहेको उक्त गित भोलुम अन नामक युट्युब च्यानल मार्फत बजारमा आएको हो। हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारी तिजकै भाकामा उक्त गित सृजना गरिएको हो ।

गायिका प्रतिक्षा वाग्लेको प्रस्तुतिमा बजारमा आएको उक्त गितमा क्रान्ति केसीको उत्कृष्ट निर्देशन रहेको छ भने अजय रेग्मीको छाँयाकन रहेको छ । हरेक बर्ष झै यस बर्ष पनि तिज गितलाई निरन्तरता दिएको गायिका प्रतिक्षा वाग्लेले बताउनु भयो ।

यस गितमा दुई प्रेमि जोडिहरु एक अर्कालाई वयान गर्दै तिजमा संगसंगै नाच्ने गाउने गरेको दृश्य देखाईएको छ । गितमा टिकटक स्टार मोडल लोसिना लामिछाने, प्रेम रसाईली, समुन्द्र वाग्ले, जसोदा कार्कीले उत्कृष्ट नृत्य तथा अभिनय गरेका छन । राजेन्द्र कुवरको बिशेष सहयोगमा तयार भएको उक्त गितको संगीत संयोजन महेन्द्र भण्डारीले गर्नु भएको हो ।