Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

श्रीलंकाको हम्बनटोटामा जहाज पुगेपछि भारतको चिन्तामा चीनले दियो यस्तो जवाफ

Wednesday, August 17, 2022 National Power

काठमाडौं -आफ्नो जहाज श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेपछि चीनले कुनै पनि देशको सुरक्षामा खतरा नहुने स्पष्टिकरण दिएको छ । चीनले कुनै पनि तेस्रो पक्षले जहाज रोक्न नहुने बताएको छ । यो जहाज अगस्ट २२ सम्म हम्बनटोटामा रहनेछ । भारतले केही दिनअघि श्रीलंकालाई आफ्नो छिमेकमा जहाज रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।

चीनले युआन वाङ–५ नामक जहाजमार्फत् भारतको आणविक, क्षेप्यास्त्रसँग सम्बन्धित प्रतिष्ठानहरूको जासुसी गर्ने हो कि भन्ने भारतलाई डर छ । समाचार एजेन्सी पीटीआईले चीनको आधिकारिक मिडिया रिपोर्टलाई उद्धृत गर्दै उक्त जहाज स्याटेलाइट र ब्यालिस्टिक मिसाइल जस्ता उन्नत प्रविधिले सुसज्जित भएको जानकारी दिएको छ । यसमा दुई हजार चालक दलका सदस्य बोक्न सकिनेछ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतको चिन्ताबारे सोधिएको प्रश्नको जवाफमा उक्त जहाज ‘अन्तर्राष्ट्रिय कानुन अनुसार’ अनुसन्धानका लागि हम्बनटोटा पुगेको बताए । ‘म युआन वाङ–५ को सामुद्रिक वैज्ञानिक अनुसन्धान गतिविधिहरू अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सामान्य प्रक्रिया अनुरूप नै छन् भनी दोहोर्‍याउन चाहन्छु,’ उनले भने ।

‘यो जहाजले कुनै पनि देशको सुरक्षा र आर्थिक हितलाई असर गर्दैन । यसलाई कुनै तेस्रो पक्षले रोक्ने प्रयास गर्नु हुँदैन,’ वेनबिनले भने । हम्बनटोटा बन्दरगाह बेइजिङले सन् २०१७ मा श्रीलंकाबाट ९९ वर्षका लागि भाडामा लिएको थियो । श्रीलंकाले व्यापक परामर्शपछि चिनियाँ जहाजलाई हम्बनटोटा आउन अनुमति दिएको बताएको हो ।

चीनले यो बन्दरगाहलाई सैन्य गतिविधिका लागि प्रयोग गर्न सक्ने भारतलाई डर छ । १.५ बिलियन डलरको हम्बनटोटा बन्दरगाह एशिया र युरोपका लागि मुख्य ढुवानी मार्गको नजिक छ ।