Tuesday 19th March 2024

    भिक्षु डा.लामाको अध्यक्षमा युएनआईपि नेपाल च्याप्टर स्थापनासहित पदस्थापना    चैत्र ७ देखी १० गते सम्म नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै    द नेशनल डिजाईनर रनवे २०२४ को उपाधी विजेतामा अस्मिता श्रेष्ठ    Asmita Shrestha bags the title of ‘The National Designer Runway 2024’    मास्टर एण्ड मिस सूदुर पश्चिमान्चल २०२४ सम्पन्न

कतार प्रहरीको आकर्षक रोजगारी फेरि विवादमा, अवसर नगुमाऊन सरोकारवाला निकायलाई आग्रह

Thursday, August 11, 2022 Devil Singh Rajput

काठमाडौँ–कतार प्रहरीको आकर्षक रोजगारी फेरि विवादमा परेको छ । कतार प्रहरीको आकर्षक रोजगारीको पुर्व स्वीकृति निकालेको अल ताक्वेत ओभरसिजमा वैदेशिक रोजगार विभागको एक टोलि पूगी प्रक्रियाको बारेमा जानकारी लिएको छ । कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकिएको विज्ञापन पत्रिकामा सार्वजनिक भएपछि विभागले अल ताक्वेत ओभरसिजसँग उक्त प्रक्रियाको बारेमा जानकारी लिएको हो । उक्त विज्ञापनको लागी बैदेशिक रोजगार विभागले नै स्वीकृत गरि लट नम्बर समेत दिइसकेको थियो ।

एक रास्ट्रीय दैनिक पत्रिकामा विज्ञापन निकालेको मेनपावरले साउन ३०,भदौ १ र २ गते अन्तर्वार्ताको मिति समेत तय गरिसकेको थियो । २०० जनाको डिमान्ड सबै कानूनी प्रक्रिया पुरा गरि पत्रिकामा विज्ञापन निकालिएको मेनपावर कम्पनीले बताएको छ । उक्त संस्थाले विभिन्न व्यक्तिहरुबाट लाखौ रुपैयाँ उठाएको भन्ने सूचना आएपछि बिभागको टोली पुगेको तेस्तो नभेटाएको विभागले जनाएको छ । गत बर्ष श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको डिमान्ड श्रम सम्झौताअनुसार प्रमाणीकरण गर्न अनुमति दिएको थियो ।

विवाद भएपछि र समयमा पठाउन नसकेपछी गतबर्ष पनि अल ताक्वेत ओभरसिजले ल्याएको कतार प्रहरीको २ सय जनाको डिमान्ड कतारले अन्य देशलाई दिएको थियो । गत बर्ष मागपत्र दिएपनि विविध कारणले समयमा उडाउन नसकेपछि फेरी हाल कतारको आन्तरिक मन्त्रालयले अल ताक्वेत ओभरसिजलाई २ सय जना कतार प्रहरीको रोजगारी पाईलट प्रोजेक्टको रुपमा दिएको थियो । यो मागपत्र समयमा पुर्ति गर्न नसके नेपालबाट सधैका लागी कतार प्रहरीको रोजगारी गुम्ने कतार निकट स्रोतले बतायो । फेरी पनि कतार प्रहरीको रोजगारी विवादमा तानीएको छ ।

गत बर्ष ओभरसिजले कामदार भर्ना प्रक्रिया जारी राखेकै अवस्थामा समयमा पठाउन नसकेपछि कतारले अन्य देशवाट उक्त माग पुर्ति गरेको थियो । यसपटक पनि गत बर्षकै घटना दोहोरीने सम्भावना बढेको छ । कतार प्रहरीमा लामो समयदेखि नेपाली कामदार लैजाने चर्चा चल्दै र सेलाउदै आएको छ । यस्मा केहि मेनपावर ब्यावसायी र माफियाहरु उक्त माग आफ्नो हातमा पार्न भरमग्दुर प्रयास गरिरहेका थिए । तर, चर्चा भन्दा हल्ला बढी हुने गरेकाले उक्त आकर्षक रोजगारी अन्य देशमा पुगेको छ । अहिलेसम्म करिव ३०० नेपाली उक्त रोजगारीमा गएका छन ।

यसअघि २०७६ को फागुनमा १७९ जना नेपाली कामदारलाई कतार प्रहरीमा पुगेका थिए । उनीहरुको कार्य सन्तोषजनक र उत्कृस्ट भएपछि कतारको आन्तरिक मन्त्रालयले कतार प्रहरीमा नेपाली भर्ना गर्ने निर्णय गरेको थियो । तर, उक्त छनौट प्रक्रियामा विभिन्न चलखेल भएपछी अघिल्लो बर्ष पनि उक्त अवसर नेपालबाट गुमेको थियो । यसपटक पनि सबै कानूनी प्रक्रिया पुरा गरेर नेपाली कामदारलाई उक्त सुवर्ण अवसर दिलाउन खोजको मेनपावर कम्पनीले जनाएको छ ।

उक्त कम्पनीले हल्लाको पछि नलाग्न नेपाल सरकार,श्रम मन्त्रालय,बैदेशिक रोजगार विभागलगायत सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ । अल ताक्वेत ओभरसिजले उक्त रोजगारीमा आफ्नै कम्पनीले पठाउनुपर्छ भन्ने पनि नभएकोले यो अवसर चाही नगुमाऊन सरोकार वाला सबै निकायलाई आग्रह गरेको छ । कम्पनीले आफूहरुले कानुनको पुर्णरुपमा पालना गरेर मात्रै कतार प्रहरीमा पठाउन लागेको जनाएको छ ।