प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री मा। महेश्वरजङ गहतराजद्वारा भोलि शनिवारको दिन सानोठिमी भक्तपुरस्थित राष्ट्रिय युवा परिषद्को हलमा विहान १०ः३० बजेदेखि शुरु हुने संजालका अध्यक्ष सुवास ढकालले जानकारी गराएका छन् ।
वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको अवस्थारसमस्या र सम्भाव्यता विषयक परिसंवाद शिर्षकमा हुन गईरहेको एक दिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रुपमा एनएमबी बैंकका अध्यक्ष सुनिल केसी, पाठ्यक्रम विकास तथा समकक्षता विभाग सिटिइभीटी, सानोठिमीका निर्देशक इन्जिनियर अनोज भट्टराई, बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक डा। विश्वमोहन अधिकारी, लेखक तथा अर्थविद् डि।पी ढकाल रहेका छन्