काठमाडौं । निष्ठाको धरोहरका रुपमा चिरपरिचित रहदै आउनुभएका बहुआयामिक व्यक्तित्व पूर्व गृह राज्यमन्त्री डा दिपक प्रकाश बाँस्कोटाको संस्मरणात्मक कृति ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ । राष्ट्रिय नाचघरमा विहिबार आयोजित पुस्तक लोकार्पण तथा वैदिक नेपालको भबिष्य बिषयक संगोष्ठि कार्यक्रम माझ नेपाली काँग्रेसका पूर्व महामन्त्रि एवम् पूर्व मन्त्रि कुलबहादुर गुरूङ् प्रभावशाली नेता शेखर कोईराला, अर्जुन नरसिहं केसी, नेतृ महालक्ष्मी उपाध्याय ’डिना’, राजा डा किन्स्ले ब्रूक, प्रा डा कुमार कोईराला, संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा कुल प्रसाद कोईराला र श्रष्टा स्वयंले संयुक्त रुपमा कृति लोकार्पण गर्नुभएको थियो ।
पुस्तकको लोकार्पण पस्चात कार्यक्रमलाई संबोधन गर्नेक्रममा पुस्तकका लेखक डा बाँस्कोटाले आफ्नो पुस्तक स्व नेता गिरिजा प्रसाद कोईरालामा समर्पण गरेको उल्लेख गर्नुहुँदै निष्ठाको यात्रामा पर्यन्त हिडदै गर्दा आफुले कुनै पनि काम असंभव हुँदैन भन्ने मान्यता बोक्दै आएको खुलासा गर्नुभयो । साथै उहाँले आफनो जीवन भोगाई बारे सत्य र निष्ठापूर्वक नै पाठक माझ घटना विवरण कृति मार्फत पस्किएको उल्लेख गर्नुभयो ।लेखक बास्कोटाले निष्ठाको यात्रा अझै नसकिएको उल्लेख गर्नुहुँदै वैदिक नेपाल निर्माण अभियानमा आफू लागेको र पश्चिमी जगत समेत वैदिक दर्शनमा आकर्षित भएको देखेर नेपाललाई वैदिक देशका रुपमा पुनस्र्थापित गर्न आफू लागेको भनाई राख्नुभयो ।
सो अवसरमा नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व मन्त्री कुलबहादुर गुरूङ्ले लेखक आफ्नो राजनीतिक सहयोद्धा हुनुका साथै वास्तवमै निष्ठावान राजनीतिज्ञ रहनुभएको उल्लेख गर्नुहुँदै कालिम्पोङ घुमेर बाँस्कोटाले सहकारीका माध्यमबाट अर्गानिक चिया उद्योग स्थापना गर्नुभएको स्मरण गर्नुभयो ।
त्यसैगरि, नेपाली काँग्रेसका प्रभावशाली नेता शेखर कोईरालाले दिपक प्रकाश बाँस्कोटाबाट मेहनत नै सबै कुरा हो साथै निष्ठापूर्वक राजनीति गर्नुपर्छ भन्ने पाठ राजनीतिकर्मीहरुले सिक्न जरुरी रहेको उल्लेख गर्नुहुँदै समकालिन राजनीतिमा नैतिकता र सुशासनको कमी महशुस हुँदै आएकाले उहाँको पदचापलाई नपछ्याउँदासम्म मुलुकले सहि दिशा लिन नसक्ने बताउनुभयो । नेपाल श्रीलङ्काको अवस्थामा नपुग्ने उल्लेख गर्नुहुँदै उहाँले समृद्ध नेपाल निर्माणका लागि दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । राजनीति गर्नेले देशलाई पहिलो प्राथमिकतामा राखेर सोच्नुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरि, पूर्व मन्त्री एवम् कांग्रेस नेताअर्जुन नरसिहं केसीले बाँस्कोटाले सहकारी क्षेत्रमा गर्नुभएको योगदानको चर्चा गर्नुहुँदै वैदिक संस्कारलाई व्यवहारमा उतार्न हुने गरेका कमीकमजोरी खोजेर त्यसको अन्त्य गरिनुपर्ने तर्क पेश गर्नुभयो । त्यसैगरि पूर्व मन्त्री एवम् कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ’डिना’ ले दिपक प्रकाश बाँस्कोटा बहुआयामिक र असल हुनुभएकाले उहाँ व्यक्तित्व ओजपूर्ण रहेको सन्दर्भ उल्लेख गर्नुभयो ।
Inside Article Ads
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले पुस्तकमा सहकारी बिषयमा समेटिएका बिषय अत्यन्तै कम रहेको आफुले पाएको बताउनु हुँदै विसं २०४८ मा सहकारी ऐन ल्याउन बाँस्कोटाको ठूलो भूमिका रहेको, विसं २०७२ को संविधानमा तीन खम्बे अर्थनीतिमा सहकारीसमेत जोडिने गरी अभियान चलाउन पनि बाँस्कोटाले योगदान गर्नुभएको बारेमा बिशेष चर्चा गर्नुभयो ।
पुस्तकका बारेमा समीक्षा गर्नुहुँदै प्रा डा कुमार कोइरालाले बास्कोटाको पुस्तक अध्ययनबाट अध्यात्म र भौतिकता दुवैको समन्वयात्मक अभ्यास गरेर जीवन सार्थक बनाउन सक्नुभएको बताउनुभयो । विसं २०५६ मा चुनाव लड्दिन भनी गिरिजाप्रसाद कोइरालासँग स्पष्ट कुरा राख्नुले उहाँको निष्ठा प्रष्ट हुने कोइरालाले उदघोष गर्नुहुँदै राजनीति, धर्म, सहकारी, शिक्षा, स्वास्थ्य, ध्यान, समाजसेवा विविध क्षेत्रमा बाँस्कोटा अब्बल रहनु भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा। कुलप्रसाद कोइराला, विश्व शान्ति राष्टमका अन्तर्राष्ट्रिय निर्देशक किङ्स्ले ब्रुक्स, ध्यान शिक्षक भरतराज पौडेललगायतले नेपाललाई वैदिक देश बनाउन सबैको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।
बुक्स राइटिङ नेपालले प्रकाशन गरेको २१२ पृष्ठको सो पुस्तकमा राजनीतिक, सहकारी, प्रांगारिक कृषि र वैदिक नेपाल निर्माणका लागि उहाँले गर्नुभएका कामको चर्चा गरिएको छ ।