काठमाडौं – केेेेहि समय अघि अन्तर्राष्ट्रिय १२ भाषामा सङ्गीत भरेका विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले पुनः ५० भाषामा सङ्गीत भरेर अर्को सफलता प्राप्त गरेका छन् ।
ढुकढुकीभित्र तिम्रो… बोलको गीतमा डा.आर.उपाध्यायको शब्दलाई सन्तोष श्रेष्ठले सङ्गीत भरेका छन् । गायनमा सन्तोष श्रेष्ठ, डी.आर. उपाध्याय र प्रकाश तिमिल्सिना रहेका छन् ।
यस गीतमा समेटिएका ५० वटा अन्तर्राष्ट्रिय भाषाहरूमा-
१) नेपाली, २) हिन्दी, ३) जापानी, ४) चिनिया, ५) अङ्ग्रेजी, ६) रुसी, ७) कोरियाली, ८) फ्रान्सेली, ९) स्पेनी, १०) इटालियन, ११) जर्मन,१२) थाई, १३) मौरिसियन, १४) उर्दु, १५) स्वेडिस, १६) क्रोसियन, १७) हेब्रु, १८) पोर्तुगाली, १९) बंगाली, २०) संस्कृत, २१) स्टोनियन, २२) भियतनामी,२३) डच, २४) सिंहाली, २५) स्लोभेनियन, २६) इन्डोनेसियन, २७) रुमानी, २८) फिनिस, २९) पेरुभियन, ३०) टर्किस, ३१) ग्रिक, ३२) फिलिपिनो, ३३) अल्बानियन, ३४) युक्रेनियन, ३५) अफ्रिकी, ३६) स्लोभाकिया, ३७) सर्बियाली, ३८) पानामियन, ३९) नर्वेजियन, ४०) आइसल्यण्डिक, ४१) बर्मेली, ४२) कोल्म्बीयन, ४३) कुर्डिस, ४४) स्वाहिली, ४५) पोलिस, ४६) बोलिभियन, ४७) हङ्गेरियन, ४८)डेनिस, ४९) लात्भियन र ५०) आर्मेनियन रहेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा अस्वभाविक क्षमता सिर्जनात्मक व्यक्तित्वहरूलाई विश्वकीर्तिमान प्रदान गर्ने विश्व प्रसिद्ध संस्था गिनिज बुक अफ वर्ल्ड रेकर्डले उपलब्ध गराएको प्रमाणपत्रहरू काठमाडौंमा आयोजित एक विशेष समारोहमा नेपाल सरकारको तर्फबाट शहरी विकास मन्त्री मेटमणि चाैधरीले प्रदान गरेका हुन् ।
आधुनिक सङ्गीत क्षेत्रका अब्बल गीतहरूमा सुमधुर सङ्गीत भरेर लोकप्रियता हासिल गरेका सङ्गीतकार श्रेष्ठले हालसम्म ४१ वटा गीति एल्बमहरूमा एकल सङ्गीत भरिसकेका छन् भने फरैना नामक उपन्यास शीघ्र सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।