Monday 8th August 2022

    दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ सफलतापुर्वक सम्पन्न    संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन    राष्ट्रिय युवा परिषद्ले भोलि प्रशिक्षण मुलक कार्यक्रम गर्दै    Embassy of Pakistan organized a talk programme on “Kashmirs’ Youm-e-Istehsal”,    Embassy of Pakistan organized a talk programme on “Kashmirs’ Youm-e-Istehsal”,

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्री देउवाले शपथ सम्बन्धी विधेयक प्रस्तुत गर्ने

Thursday, July 28, 2022 National Power

काठमाडौं -राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।