Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

७५ हजार अमेरिकी डलरसहितको रियालिटि शो घोषणा

Thursday, July 21, 2022 National Power

काठमाण्डौ- अहिले मनोरन्जन संसारमा रियालिटि शो हरुको लोकप्रियता धेरै बढीरहेको छ । यसै क्रममा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा विश्वभर फैलिएर रहेका नेपाली भाषीहरुलाई समेट्ने गरी एउटा विश्वव्यापी स्तरको रियालिटि शो आयोजना गर्ने कुराको हालै घोषणा गरिएको छ ।

राजधानीको मेरियट होटलमा सोमबार आयोजना गरिएको एक कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले गरेको घोषणा अनुसार इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा नेपालमै पहिलो पटक त्यसरी सर्वाधिक ठूलो धनराशी सहितको दुई वटा रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स आयोजना हुने भएको छ । यी दुबै शोका विजेताले जनही ७५ हजार यूएस डलर झन्डै एक करोड नेपाली रुपैयाँ पुरस्कार पाउने छन् भने फस्ट रनरअपले २० हजार डलर र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार स्वरुप पाउनेछन् ।

यही अगष्ट महिनादेखि सुरु हुने अडिसन डिसेम्बर ३१, २०२२ सम्म जारी रहने छ । यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिने बताइएकोछ । नेपालको पूर्व, मध्य र पश्चिमाञ्चल सहित क्यानडा र अमेरिकामा भने १–१ स्थानमा अडिसन गरिनेछ ।

यी बाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिसन हुने कुरा आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले बताएका छन् । सर्वाधिक धन राशीको रियालिटि शो घोषणा कार्यक्रममा विशिष्ट चलचित्रकर्मि हरु नीर शाह , भुवन के सि, प्रियंका कार्की, दीपाश्री निरौला, निर्मल शर्मा,सुशील नेपाल , माधव राज खरेल लगायतका  कलाकर्मि हरुलाई अध्यक्ष अधिकारीले दोसल्ला ओढाइ ट्रफि प्रदान गरेका थिए ।