Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

जान्या र केबिन जुनियर लिटिल स्कुल स्टार लुम्बिनी २०२२ घोषित

Monday, July 4, 2022 Devil Singh Rajput

प्रारम्भ प्रोडक्सनद्वारा होटल पौवा, योगिकुटीमा आयोजित लुम्बिनी प्रदेशब्यापी “लिटिल स्कुल स्टार लुम्बिनी २०२२” को उपाधि नमस्ते एकेडेमीका आर्य मान भारीले जितेका छन् त्यसैगरी लुम्बिनी वल्ड स्कुलका योजन पाठकले भने फस्ट रनर अप उपाधि हात पार्न सफल भए। विजेताले उपाधिसंगै स्यास,ट्फी, विशेष छात्रवृत्ति, स्पोट्स साइकल, हाई लाइफको तर्फबाट गिफ्ट ह्यामपर्स, समृद्धि हेयरको तर्फबाट क्यास कुपन तथा छुट, भिभिड म्यागजिनबाट विशेष फोटोसुट र नेपाललाई प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय बाल कार्यक्रममा जाने भएका छन्। प्रि-जुनियर तर्फ दिप बोड्डिंग स्कुलका प्रायुश बज्राचार्यले “लिटिल स्कुल स्टार लुम्बिनीको विजेता हुन सफल भए र छात्रातर्फको उपाधि भने एभरेष्ट बोडिंग स्कुलकी समृद्धि कुंवरले हात पारिन्।

जुनियरतर्फको उपाधि एभरेष्ट बोडिंग स्कुलका केभिन पोख्रेलले जिते भने दिप बोडिंग स्कुलकी जान्या तिवारीले छात्रा तर्फको ताज जित्त सफल भइन्। त्यसैगरी आवर पिस ल्यान्ड एकेडेमीकी रोशनी पाण्डे फस्ट रनर अप र क्यानन सेकेन्डरी स्कुलकी आराध्या अधिकारी सेकेन्ड रनर अप भइन्। “लिटिल स्कुर स्टार लुन्बिनीको” चौथो संस्करणको रुपमा आयोजित उक्त कार्यक्रममा विभिन्न व्यक्तित्व सम्मिलित निर्णायक समितिरहेको थियो। उक्त समितिको सदस्य तथा निर्णायकको भुमिकामा मिस्टर नेपाल वल्ड २०१८ तथा कमरसियल मोडल विकल्प राज श्रेष्ठ, अभ्यानी प्रोडक्सनका संस्थापक तथा “विशेष युवा सम्मान” बाट सम्मानित युवानेता अभिविन्द खनिया, पेडियाट्रिसियन तथा एस्थेटिसियन डा. प्रज्ञा सिंह, फेसन कोरियोग्राफर सुजित बस्याल, युवा उद्दमी तथा फेसन फोटोग्राफर कुबिर जंग जिसी, मिसेस नेपाल इन्टरनेसनल २०१९ स्नेहालता राउत थापा र सौन्दर्य प्रतियोगिता आयोजक अंकित साह रहनुभएको थियो।

२५ दिन सम्म संचालित उक्त कार्यक्रममा छात्र/ छात्राको व्यक्तित्व विकास तथा नेतृत्व विकास, उनिहरुको क्षमता प्रस्फुटन गर्न विभिन्न सिपमुलक सिकाई तथा तालिमहरु दिइएको र बाबुनानीको अन्तिम प्रस्तुतीले आफू निकै हर्षित रहेको कुरा प्रारम्भ प्रोडक्सनका सिइओ पवन आचार्यले बताउनुभयो। यस तालिमको मुख्य कोरियोग्राफर रेशम न्यौपाने, इभेन्ट कोर्डिनेटर विवेक केसी, ट्रेनिंग कोडर्डिनेटर केशव पौडेल, सहयोगी कोरियोग्राफर प्रिया थापा मगर, मेन्टरहरु युकेश मान ज्ञवाली, एलिशा श्रेष्ठ, रोबन पहाडी, संजय राउत रहेका थिए।

आवाश ग्रुपको मुख्य प्रायोजनमा संचालित कार्यक्रममा हाई-लाइफ, भिविड म्यागजिन, संमृद्धि हेयर, ग्लोबल अनलाइन पे को मुख्य प्रायोजन रहेको थियो। त्यसैगरी उपविधातर्फ मिस ट्यालेन्ट ओजस्वी पौडेल, मिस मल्टिमिडिया समृद्धि कुंवर, मिस फोटोजेनिक जान्या तिवारी, वेस्ट ड्रेस स्वस्तिका श्रेष्ठ, मिस इन्टेलेकचुअल तथा वेस्ट वाक आराध्या अधिकारी, वेस्ट पर्सनालिटी तथा भ्युअर्स च्वाइस प्रत्युशा बज्राचार्य र मिस ब्युटिफुल रोश्नी पाण्डेले जितिन्। र छात्र तर्फ मिस्टर ट्यालेन्ट आरभ पौडेल, फोटोजेनिक श्रेयान बज्राचार्य, ड्रेस केबिन पोख्रेल,मल्टिमिडिया समर खत्री, इन्टेलक्चुअल आर्यमान भारी, कन्फिडेन्ट र ऐक्टिभ आदर्श खत्री, वेस्ट वाक तथा हेन्डसम योजन पाठक, पर्सनालिटी रोहन शाही, डिस्सिपिल्नड प्रशन्न श्रेष्ठ र चार्मिंगको उपाधि प्रायुश बज्राचार्यले जिते।