Tuesday 19th March 2024

    भिक्षु डा.लामाको अध्यक्षमा युएनआईपि नेपाल च्याप्टर स्थापनासहित पदस्थापना    चैत्र ७ देखी १० गते सम्म नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै    द नेशनल डिजाईनर रनवे २०२४ को उपाधी विजेतामा अस्मिता श्रेष्ठ    Asmita Shrestha bags the title of ‘The National Designer Runway 2024’    मास्टर एण्ड मिस सूदुर पश्चिमान्चल २०२४ सम्पन्न

असार १५ अर्थात् दही चिउरा खाने दिन

Wednesday, June 29, 2022 National Power

काठमाडौं- आज असार १५ अर्थात्  दही चिउरा खाने दिन । सरकारले यस दिनलाई धान दिवसको रुपमा समेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने चलन रहेको छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसी मनाउँदै दही चिउरा खाने गरिन्छ । यो सबै नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा विकास भएको छ ।

असारको बीच अर्थात असार १५ गते सम्ममा धान रोप्न सक्नुपर्ने मान्यतासँगै यो दिन मनाउन सुरु गरिएको हो । ऐतिहासिक रुपमा हेर्ने हो भने नेवार समुदायमा भोजमा दही बिना भोज नै हुँदैन । गर्भावस्थामा, जन्मदिनको अवसरमा, भोजको अन्तिममा परिकारको रुपमा खाएर भोज समापन गर्न गरिन्छ ।  संस्कृतिविद धौभडेलका अनुसार, दही चिउरा जति मिठो अरु हुँदैन । असारमा माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर धान रोप्न सुरु गरिन्छ । रोपाइको समयमा मरिमेटेर सबैले काम गर्ने गर्छन् । त्यसैले शरीरको आवश्यक शक्ति परिपूर्ति गर्ने खानाको रुपमा पनि दही चिउरालाई लिइन्छ ।

धान रोप्ने महिनामा माछा मासु खायो भने वर्षातको मौसममा माछा मासु पचाउन गाह्रो हुन्छ । प्रायः किसानका घरमा गाईभैंसी पालिएको हुन्छ । गाईभैंसीले दूध पनि बढी उत्पादन गरेको हुन्छ । त्यसैले यो समयमा घरमै भएको दूधबाट बनाइएका दही खाएर असारमा गाह्रो गरी गरेको कामका लागि शरीरलाई चाहिने आवश्यक तत्त्वको रुपमा दही चिउरालाई लिने धौभडेल बताउनुहुन्छ ।

दही चिउरा पौष्टिक आहार हो । दही र चिउराको सम्बन्ध नङ मासुको जस्तै हुन्छ । भगवानको पालादेखि खानाको रुपमा खीर खाने र खाजामा दही चिउरा खाने चलन रहँदै आएको छ । त्यसैले यसको प्रयोगले महत्त्व पाएको उहाँको भनाइ छ ।“नेपाल जस्तो कृषि प्रधान देशले आफ्नो देशको उत्पादनलाई राष्ट्रिय महत्त्व झल्काउने गर्छ,” संस्कृतिविद् धौभडेल भन्नुहुन्छ, “असार १५ वा धान दिवस हामी नेपालीहरु कृषिमा आत्मनिर्भरताको प्रमाण हो ।