Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

Monday, June 27, 2022 National Power

काठमाडौं – नेपाल चलचित्र कलाकार संघको आयोजना आषाढ १२ गते आईतबार नेपाली चलचित्र क्षेत्रकों समस्या र चलचित्रकर्मीहरूको अबस्था बिषयक अन्तरक्रिया सम्पन्न भयो । संघका अध्यक्ष रबिन्द्र खडकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिकाश बोर्डका सदस्य सचिब टंक महतले बिकाश बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थान का लागि प्रयाशरत रहेको बताउदै छिट्टै प्रभाबकारी चलचित्र नीति ल्याउने बारे कार्य गरिरहेको बताउनु भयो ।

कार्यक्रममा चलचित्रकर्मी मोहन निरौला र संचारकर्मी शान्तिप्रियले तयार गर्नु भएको अबधारणा पत्र मोहन निरौलाले बाचन गर्नु भएको थियो । अबधारणा पत्रमा अधिबक्ता कृष्ण ढुंगाना,संचारकर्मी कृष्ण भट्टराई,संगीतकार सन्तोष श्रेष्ठ र संचारकर्मी डब्बु क्षेत्रीले टिप्पणी गर्नु भएको थियो । चलचित्र बिकाश बोर्डका पुर्ब अध्यक्ष दयाराम दाहालले बोर्डले महामारीको मारमा परेका चलचित्रकर्मीहरूलाई थोरै भए पनि राहत दिएको थियो र आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको उत्थान र प्रोत्साहनका लागि स्टोरी बैकको अबधारणा कार्यान्वयनमा ल्याएको बताउनु भयो ।

अभिनेता गोपाल ढकालले सहजीकरण गर्नु भएको कार्यक्रममा अभिनेता कृष्ण मल्ल, भुवन केसी, लय संग्रौला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका माहासचिब जनकदीप पराजुली,चलचित्र संघका पुर्ब अध्यक्ष प्रदिप उदय लगायतका बक्ताहरूले चलचित्र कलाकार संघले चलचित्र कलाकार र उद्योगका प्रबर्दधनका लागि आबाज उठाउदै आएको स्मरण गर्दै अबिलम्ब चलचित्र नीति निर्माण भएको भएको भए कार्यान्वयनमा ल्याउनु पर्ने नभभए निर्माण गरिनु पर्नेमा जोड दिए ।बक्ताहरूले बिदेशी चलचित्रको प्रदर्शनमा मापदण्ड बनाई नेपाली चलचित्र प्रदर्शनलाई बिशेष प्रथमिकता दिनु पर्ने मा जोड दिए ।