Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

श्रेया राईले पहिरिन ‘किड्स सुपर मोडल,२०२२’ को शीर्ष ताज

Monday, June 27, 2022 Devil Singh Rajput

काठमाडौँ —’किड्स सुपर मोडल,२०२२’ को शीर्ष ताज श्रेया राईले पहिरिएकी छिन्। एभरेष्ट ईभेन्टसद्वारा शुक्रबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको ‘किड्स सुपर मोडल,२०२२’ मा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै राईले शीर्ष ताज पहिरीएकी हुन् ।

बिजेताले उपाधीसंगै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेकी छिन्। साईकलसहित विभिन्न आकर्षक उपहार प्राप्त गरेकी राईले विभिन्न म्युजिक भिडियो तथा विज्ञापनमा मोडलिङको अवसरसमेत प्राप्त गरेकी छिन्। त्यस्तै सुबेक्षा पोखरेलले फर्स्ट रनरअपको ताज हात पारिन भने शिखा गुरुङ्गले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भइन। त्यसैगरी विधागत तर्फ ग्लोवल अनलाईन पे मार्फत गरिएको अनलाइन भोटिङ्गमा सर्वाधिक भोट प्राप्त गर्दै एमी शाहीले मस्ट पपुलरको अवार्ड हात पारिन ।

शाहीले मस्ट पपुलरसंगै अर्गनाईजर चोइस, अबिरल अग्रवाल ब्राण्ड एम्बासडर र जोयेशा मानन्धर व्युटी वीथ ब्रेन घोषित भईन । आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितालाई रोजिन शाक्यले संचालन गरेका थिए। प्रतियोगिताको निर्णायकमा सिल्भरस्टार ईन्टरटेन्मेन्टका सिईओ, मोडल तथा कोरियोग्राफर सनिश शाक्य, फेशन कोरियोग्राफर, नायक तथा मोडल दिक्पाल कार्की, फेशन कोरियोग्राफर, नायिका तथा मोडल प्रियारानी लामा, मेकअप आर्टिस्ट तथा मोडल निलिमा पौडेल, अभ्यानी प्रोडक्सनका सिईओ अभिबिन्द खनिया र जीएसके भर्साटाएलकी संचालिका तथा फेशन डिजाइनर गोमा तिवारी रहेका थिए।

बालबालिकाहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, प्रतियोगीको प्रतिभा निखार्ने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले ‘किड्स सुपर मोडल,२०२२’ आयोजना गरिएको एभरेष्ट ईभेन्टसका सिईओ कृष्ण श्रेष्ठले राज्यदैनिकलाई बताए।