Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कान्छी’ लिएर आए रोशन

Sunday, June 26, 2022 National Power

काठमाडौं – ‘पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’, ‘दोभानमा बाढी आयो’, लगायतका दर्जनौ लोकप्रिय गीतका गायक रोशन गुरुङ लामो समय पछि आफ्ना दर्शक, श्रोताहरुका लागि सांगीतिक कोसेली ‘सही हो नी कान्छी’ लिएर आएका छन् । यसमा शब्द कुमार गुरुङ, संगीत ईन्द्र गुरुङ, एरेन्ज चन्द्र गोर्खाली, छायांकन हरी गोले लामा, निर्देशन बाबु जिम्बाको रहेको छ ।

सुन्दर नगरी ईलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय रहेको छ । सेवा फिल्मस् प्रालिको पोष्ट पोडक्शन रहेको भिडियो गायकको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो । जहाँ रहेपनि नेपाली सांगीतिक क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने सोचका गायक रोशन गुरुङले बिगतमा चारवटा शोलो एल्बम सार्वजनिक गरिसकेका छन् ।